रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा

दलित अनलाईन २८ पुष २०८१, आईतवार ११:४५

काठमाडौँ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहानै जिल्ला अदालत काठमाडौँमा उपस्थित भएसगै उनको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा हुने भएको छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज जिल्ला अदालतमा आफैँ हाजिर भएका हुन्। यो खबर लेख्दासम्म लामिछानेको बयान भने सुरु भइसकेको छैन।  पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।

तर हिजो शनिबार परेकाले उनी आज आइतबार बिहानै अदालत गएका हुन्।

स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ। ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank