आज काठमाडौं जिल्ला अदालतमा रवि लामिछाने हाजिर हुने

दलित अनलाईन २८ पुष २०८१, आईतवार ०९:२२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदैछन्।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालतमा मुद्दा दायर भएकाले उनी आइतबार अदालत उपस्थित हुन लागेका हुन्।

पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन मुद्दामा कास्की अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो।

उनी आफै काठमाडौं अदालत उपस्थित भनेपछि कास्की प्रहरीले पार्टी र प्रहरीले जिम्मा लगाएको थियो। सभापति लामिछाने आइतबार अदालतमा हाजिर हुने कार्यवाहक सभापित डिपी अर्यालले जानकारी दिए।

पुस २१ गते स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले  लामिछानेसहित ३९ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।

तीमध्ये दुई जना धरौटीमा रिहा भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank