रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता

दलित अनलाईन २१ पुष २०८१, आईतवार १८:५८

काठमाडौँ —    सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

दुई अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी सहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दताए गरिएको हो।

रवि लामिछाने र गोरखा मिडियाका सञ्चालक जीबी राई विरुद्ध मात्र पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गत पुस १८ गते स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन माथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो।

Shivam Cement

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank