काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधिभाका उम्मेदवार अञ्जना बिशंखे को हुन ?

दलित अनलाईन २२ कार्तिक २०७९, मंगलवार ११:५६

बुवा चन्द्र वहादुर विशंखे र आमा आशा पुरकोटीको कोखवाट निम्न मध्यम वर्ग परिवारमा २०३१ असार २८ गते काठमाडौको चन्द्रागिरी नगरपालिका–१० सतुङगलमा जन्मिकएकी हुन् अञ्जना विशंखे ।

नेपालको वामपन्थी आन्दोलनमा समाहित हुदै हाल नेकपा (माओवादी केन्द्र)को तर्फवाट काठमाडौं क्षेत्र न १० को प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् ।

तीन  वर्ष शिक्षण पेशाको अनुभव गरेकी बिशंखेले स्नातक तह अध्ययन गरेकी छन् । उनीसँग नेपाली, अंग्रेजी, हिन्दी, नेवारी भाषाको ज्ञान छ । उनी जन एकता साप्ताहिकको स्तम्भकार र विभिन्न पत्रपत्रिकामा सय भन्दा बढी लेख रचना र अन्तरवार्ता प्रकाशन भएका छन् । उनले चीन, वंगलादेश, श्रीलङका, भारत, अमेरिका, ब्राजिल, सिंगापुर लगायतका देशको भ्रमण गरि ति देशको विकास र समृद्धि देख्ने मौका पाएकी छन् भने नेपाललाई पनि त्यस स्तरमा पुर्याउने उनको सपना छ ।

२०४५ सालमा नेकपा माले निकट अखिल नेपाल महिला संघबाट राजनीतिक जीवन सुरु गरेकी बिशंखे २०४७ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संघको सदस्य, २०४८ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पद्म कन्या क्याम्पसको उपाध्यक्ष, २०४८ सालमा नै अखिल नेपाल महिला संघ काठमाडौं जिल्ला कमिटि सदस्य, २०५० सालमा अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य हुदै २०५२ सालमा नेकपा (एकता केन्द्र) पार्टीको सदस्यता प्राप्त गरेपछि २०५३ पुर्णकालिन कार्यकर्ता भएर कम्युनिष्ट आन्दोलनमा अहिलेसम्म होमिरहेकी छन् ।

२०५४ सालमा अखिल नेपाल महिला सघको केन्द्रिय सचिवालय सदस्य, २०५६ सालमा नेकपा (एकता केन्द्र)को क्षेत्रीय कमिटि सदस्य, २०५७ सालमा जिल्ला कमिटि सदस्य हुदैँ २०५७ सालमा अखिल नेपाल महिला संघको महासचिव भएकी थिईन । नेकपा (एकता केन्द्र मसाल)को २०५७ देखि २०५९ सम्म चितवन जिल्ला कमिटि सदस्य तथा पूर्वी क्षेत्रीय समिती इन्चार्ज हुदै २०५९ सालमा नेकपा (एकता केन्द्र) केन्द्रिय समिती सदस्य भइन । नेकपा (एकता केन्द्र) मसाल केन्द्रिय सदस्य भएपछि २०५९ देखि २०६३ सम्म मकवानपुर जिल्ला समिती सचिवको भूमिका निर्वाह गरिन् ।

बिशंखे २०६२–६३ ऐतिहासिक जनआन्दोलनमा काठमाडौमा घाईते भई गिरफतार परिन् । नेकपा (एकता केन्द्र) र नेकपा माओवादी एकता पछि २०६४ सालमा एकिृकत नेकपा माओवादीको केन्द्रिय समिती सदस्य भइन । २०६४ देखि २०७० सालसम्म भोजपुरा राज्य समिती सचिव र २०६४ देखि २०७३ सम्म अखिल नेपाल महिला सघ (क्रान्तिकारी) को कार्यालय सदस्य तथा २०७३ सालमा नेकपा माओवादी केन्द्रको केन्द्रिय समिती सचिवालय सदस्य भइन ।

२०७१ सालमा अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी महासंघको फयाक्सन इन्चार्ज र २०७३ देखि २०७४ सालसम्म प्रदेश नम्बर ३ को कार्यालय सदस्यसंगै ललितपुर जिल्लाको इञ्चार्ज र २०७४ मा सम्पर्क समितिको फयाक्सन इन्चार्ज भइन । २०७४ सालमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) विचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रिय समिती सदस्य तथा काठमाडौ जिल्ला समिती सह–इञ्चार्ज भइन । २०७८ मा नेकपा विभाजन पछि नेकपा (माओवादी केन्द्र)को छोटो समय वागमती प्रदेश समिती सचिव भइन । २०७८ सालमा भएको नेकपा (माओवादी केन्द्र)को महाधिवेशनबाट स्थायी समिती सदस्यसहित वागमती प्रदेश समितीको सह–ईन्चार्जको भूमिकामा छन् ।

बिशंखेसंग २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्यको राजकीय जिम्मेवारी अनुभव पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank