काठमाडौँ — पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ ।
उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो । ३३ वर्षीय पुडासैनीको शुक्रबार राति अकस्मात निधन भएको हो । राति ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अकस्मात ढलेपछि उनलाई चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
पुडासैनी नेपाल भ्युज अनलाइनमा कार्यरत थिए । विगत १४ वर्षदेखि पत्रकारितामा क्रियाशील थिए । नुवाकोट स्थायी घर भएका उनले रेडियो अन्नपूर्णसँगै प्राइम, माइन्टेन, जनतालगायत टीभीमा काम गरेका थिए ।
Leave a Reply