खोटाङका दलित नेताहरुले भने ,दोस्रो चरणको आन्दोलनमा  पार्टीले हस्तक्षेप गरे पार्टी परित्याग

दलित अनलाईन २४ असार २०७७, बुधबार २३:३४

खोटाङ – जेठ १० गते पश्चिम रुकुमको चौरजहारीमा भएको नवराज विकसहित उनका पाँचजना सार्थीहरुको सामुहिक र सुनियोजित रुपमा भएको हत्याको विरोध गदै केन्द्रियस्थरमा भएको आन्दोलन केही दिन यता मत्थर भएपछि जिल्लाका दलित नेताहरुले पार्टी आदेश भन्दामाथि उठेर दोस्रो चरणको आन्दोलनमा  पार्टीले हस्तक्षेप गरे पार्टी परित्याग गरी आन्दोलनमा उत्रिने बताएका छन्।

सामुहिक र सुनियोजित रुपमा भएको हत्याको विरोध गर्दा पार्टीका केन्द्रिय दलित नेताहरुले पहिलो चरणको आन्दोलनमा रोकेको भन्दै दोस्रो चरणको आन्दोलनमा  पार्टीले हस्तक्षेप गरे पार्टी परित्याग गरी आन्दोलनमा उत्रिने बताएका हुन् ।

नेपाली समुदायमा रहेको जातिय विभेदको अन्त्य गर्नको लागि खोटाङ जिल्लाका दलित संघर्ष समितिले सञ्चारकर्मीहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरी दोस्रो चरणको आन्दोलनमा उत्रिने बताए ।

केही समय अगाडी रुकुममा भएको प्रेम विवाहको विषयलाई लिएर नवराज विक सहित उनका साथीहरुलाई योजनाबद्ध तरिकाले हत्या गरेको विषयमा सरकारले खासै राम्रोसँग घटनाको विषयमा चासो नदेखाएको भन्दै खोटाङका दलित नेता तथा दलित अधिकारीकर्मीहरु एकजुट भएर दोस्रो चरणको आन्दोलन गर्ने तयारी रहेको भन्दै पत्रकारसगँ अन्तरक्रिया गरेका हुन् ।

दोस्रो चरणको आन्दोलनलाई कसरी व्यवस्थित र उपलब्धी मुलुक बनाउने ,भन्ने बारेमा छलफल भएको दलित संघर्ष समितिका संयोजक दिपक ठटालले बताए । ठटालले भने, ‘यो आन्दोलनलाई व्यवस्थित गर्नको हामी एकजुट भईरहेका छौँ । अबको आन्दोलनलाई हामीले वर्गीय आन्दोलनको रुपमा परिणत गर्ने खोजि रहेका छौँ । पहिलो चरणको आन्दोलन गर्दा पनि पार्टीका नेताहरुबाट आन्दोलन रोक्नको लागि आदेश आएकै हो । यदि दोस्रो चरणको आन्दोलनमा यदि पार्टीले हामीलाई हस्तक्षेप गरे भने, म पार्टी परित्याग गर्ने पनि तयार रहेको नेकपा जिल्ला कमिटी खोटाङका सदस्य समेत रहेका ठटालले सार्वजनिक कार्यक्रममा जानकारी गराए ।

अबको आन्दोलनमा जिल्लामा रहेको संचार माध्यामहरुको तर्फबाट सक्रिय सहयोग रहने अपेक्षा गरे अनुसार नै आन्दोलनमा ऐक्यवद्धता रहने कार्यत्रममा सहभागी पत्रकारहरुले जनाएका छन् । जातीय छुवाछुत विरुद्धको आन्दोलनमा संचारकर्मीहरुको भुमिका खोजिएको छलफल कार्यक्रममा जिल्लाबाट प्रकाशन तथा प्रशारण हुने संचारमाध्याममा जातीय विभेदको अन्त्य सम्बन्धि सामग्रीहरु प्रकाशण तथा प्रशारण गर्ने, जातिय विभेदका कारण समाज भईरहेका कृत्यहरुको विरुद्ध एकतावद्ध संघर्ष गर्नुपर्ने उनीहरूकाे जाेड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank