![](https://dalitonline.com/wp-content/uploads/2025/01/PM_KP_sharma_Oli111_2aruehgOwk_7JWxOimFCt.jpg)
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
![Laxmi sunrise bank 2034](https://i0.wp.com/npcdn.ratopati.com/media/promo/610-4-1-gif-laxmi-sunrise-tvc_-810x90px_ksC1D57ePT.gif?ssl=1)
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पत्तिको रक्षा र स्वर्गद्वारी गुठीलगायत छरपस्ट रहेका जग्गाहरूको उचित जगेर्ना गर्ने पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले नेपालको आधुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सृजना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यालयले अगुवाइ गर्ने विश्वास व्यक्त गरे।
बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा नीति, २०७६ बमोजिम उच्चशिक्षालाई प्रतिस्पर्धी,उत्पादनमुखी र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिए । बैठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आय व्यय (बजेट) पारित गरेको छ ।
Leave a Reply