तुलबहादुर विकको हत्या गरिएको प्रहरी आशंका : छातीमा ४ वटा भरुवा बन्दुकका छर्रा

दलित अनलाईन ५ माघ २०७७, सोमबार ००:३१

गुल्मी —  जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विकको हत्या गरिएको प्रहरीले आशंका गरेको छ ।

शनिबार मृत अवस्थामा फेला परेका विकको छातीमा ४ ठाउँमा चोट लागेको छ । मृतक विकलाई गोली हानिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । तर कस्ले किन हान्यो भन्ने बारे खुलेको छैन् ।

मृतका विकको शव पोष्टमार्टम रिपोर्ट पछि छातीमा ४ वटा ठाउँमा भरुवा बन्दुकका छर्रा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । घरबाट घाँस काट्न हिँडेका विक अबेरसम्म घर नफर्केपछि आफन्तले खोज्ने क्रममा गुल्मीदरबार गाउँपालिकाको–१ को बरेवाखोलामा उनी मृत फेला परेका थिए ।

विकको शब आइतबार गुल्मी अस्पतालमा पोष्टमार्टम गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank