माधव र वामदेवबिच भएको छलफलबाट नेताहरू उत्साहित

दलित अनलाईन १७ पुष २०८१, बुधबार १६:५६

काठमाडौँ —  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेवबिचको छलफल सकारात्मक भएको नेताहरूले दाबी गरेका छन् ।

नेपालसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गौतमले एकताका लागि दुई नेता एकजुट भएको दाबी गरे । एकताबारे केही दिनमै सञ्चारमाध्यमलाई जानकारी दिने बताए ।

Laxmi sunrise bank 2034

नेपालसँग निर्णायक छलफल गर्न बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोक नगर पुगेका गौतम निकै उत्साहित देखिएका छन् । यस्तै माधव र गौतमबिच भएको  छलफल भएको एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि दाबी गरेका छन् ।

आजको बैठकमा सङ्गठनात्मक भन्दा पनि बढी राजनीति, सैद्धान्तिक पक्षबिच छलफल भएको खतिवडाले जानकारी दिए ।

‘आजको छलफल उच्चस्तरीय सकारात्मक छ । अब केही दिनभित्र एकताको अन्तिम आकार दिइने समझदारी भएको छ । आजको बैठकमा सङ्गठनात्मकभन्दा पनि नीतिगत, राजनीतिक, सैद्धान्तिक छलफल भयो’, उनले भने, ‘वामदेवजीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचित प्रणालीमा जानुपर्छ भन्ने प्रस्ताव राख्नुभएको छ । उहाँ (वामदेव) को प्रस्तावलाई सकारात्मक रूपमा लिँदै  हाम्रा अध्यक्षले यस विषयमा थप छलफल गर्दै जाउँला भन्नुभएको छ । विचारको विश्लेषण गर्ने, राम्रा नराम्रा पक्षमा बहस जारी राख्ने सहमति भएको छ । यही स्पिरिडमा गए एकता प्रक्रिया १५ दिनभित्र सम्पन्न हुन्छ ।’

Shivam Cement

वामदेवलाई पार्टीभित्र तेस्रो मर्यादामा दिनेगरी सहमति भइसकेको भन्दै बाँकी नेताको व्यवस्थापनका लागि अर्को बैठकमा छलफल गर्ने खतिवडाले जानकारी दिए । यसअघि पुस १५ गते नेपाल र गौतमबिच छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank