राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई गर्न कार्यतालिका परिमार्जनसहित पारित

दलित अनलाईन १२ पुष २०८१, शुक्रबार ११:५८

काठमाडौँ — श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित भएको छ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित गरेको हो।

Laxmi sunrise bank 2034

बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलंकाका लागि नेपाली राजदुत पदमा प्रश्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाई प्रक्रिया सम्पन्न गर्ने विषयक सम्बन्धमा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गर्न समितिसमक्ष प्रस्ताव राखेका थिए।

प्रस्तावलाई समितिका बहुमत सदस्यले सर्वसम्मतले पारित गरेका हुन् । मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ का नेपालीलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

उनले भने, ‘श्रीलंकाका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाई प्रक्रिया सम्पन्न गर्ने विषयक सम्बन्धमा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिदिनुहुन अनुरोध छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank