जातीय छुवाछूत अन्त्यका लागि कानुनमा आवश्यक संशोधन गर्छौं : प्रधानमन्त्री ओली

दलित अनलाईन ३ पुष २०८१, बुधबार १६:१६

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछुत र साम्प्रदायिकता घृणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका  प्रधानमन्त्री ओलीले जातीय छुवाछुत समाज विकासको ऐजेरु भएकाले यसलाई उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको बताएका हुन् ।

Nabil bank

राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ ।’

प्रधानमन्त्री ओलीले जातीय छुवाछुत र साम्प्रदायिकता घृणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताए ।

असमानता, अन्याय, छुवाछुत र दुःख भोगेर कोही सुख हुन सक्दैन नसक्ने र सुखी हुन असमानता र छुवाछुत हटाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधानमा आफूहरूले त्यही भएर सामाजिक न्याय र समानताको व्यवस्था गरिएको बताए ।

Shivam Cement

‘मान्छे एउटै हो । जन्मँदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मँदै श्रेष्ठ वा ठुलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरूलाई मान्यता दिँदैन’ प्रधानमन्त्री ओलीले भने ।

One response to “जातीय छुवाछूत अन्त्यका लागि कानुनमा आवश्यक संशोधन गर्छौं : प्रधानमन्त्री ओली”

  1. Ganesh Nepali says:

    प्रधानमन्त्रीज्यू , हिन्दू समाजको कलंक जात वयवस्था हटाउन संविधान संशोधन गर्न लाग्नुभएको हो भने तपाई जात व्यवस्थाले थिचिएका, अवहेलित भएका, मान्छे भएर पनि पशु सरह जीवन बिताइरहेका , मान्छे हुनै नपाएका तर देशलाई सीप, कला र श्रमले सिंगारेका जनसमुदायका मसिहा हुनुहुनेछ । तपाइ र तपाइको सरकारलाई यही विषयमा साधुवाद, धन्यवाद र कृतज्ञता भन्ने अवसर छिटै आओस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank