जातीय विभेद गर्ने घरबेटीलाई पचास हजार धरौटीमा छोडियो !

दलित अनलाईन १९ फाल्गुन २०७७, बुधबार १०:४३

काठमाडौ— काठमाडौं जिल्ला अदालतबाट घर भाडामा दिन नमान्ने घरबेटी माधवराज भुसाललाई उपेन्द्र प्रसाद गौतमको इजलासले ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

जातकै कारण करुणा विश्वकर्मालाई फ्ल्याट भाडामा दिन नमान्ने घरबेटी माधवराज भुसाललाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ अदालतमा बुझाएको थियो । पीडक माधवराजले आफुहरु निर्दोष रहेको दावी गरे पनि अदालतले तत्काल निर्दोष सावित गर्न नसक्ने भन्दै धरौटी मा रिहा गरेको हो ।

मंगलबार काठमाडौ जिल्ला अदालतका न्यायाधीश उपेन्द्र प्रसाद गौतमको इजालसमा सरकारी वकिल भक्तराज घिमिरे र हरिबहदुर पुनले बहस गरेका थिए । पीडित पक्षबाट अधिवक्ता यामकुमारी ददेल र  मोहन शाहसंकरले बहस गरेका थिए ।

जातीय छुवाछूत कसुर सजय ऐन २०६८ अन्तर्गत घरबेटी भुसाललाई कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतले ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
फ्ल्याट भाडामा दिने भनेर एक हजार रुपैया एड्भान्स लिएका घरबेटीले थर विश्वकर्मा भन्ने थाहा पाएपछि उल्टो जातीय विभेद गदै फ्ल्याट भाडामा दिन इन्कार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank