दलित सशक्तीकरण विधेयक पास हुन्छ, अब अड्किँदैन: मुख्यमन्त्री कँडेल

दलित अनलाईन ३ पुष २०८१, बुधबार ०९:२४

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ६ वर्षदेखि अड्किएको दलित सशक्तीकरण विधेयक छिट्टै पास हुने आश्वासन दिएका छन् ।

मंगलबार दलित अधिकारका लागि एकीकृत आन्दोलनका अगुवाहरूसँग छलफल गर्दै मुख्यमन्त्री कँडेलले विधेयक विषयगत समितिमा रहेको र छिटो प्रतिवेदन पेस गर्न निर्देशन दिएको जानकारी दिएका हुन् ।

‘तपाईंहरूको तर्फबाट कुनै सुझाव छ भने समितिका सदस्यहरूसम्म पुर्‍याउन सहयोग गर्नुहोस्’, मुख्यमन्त्री कँडेलले भने, ‘विधेयकमा रहेका विषयहरूको गहन छलफल भइरहेको छ । यस पटक फिर्ता हुने अवस्था आउँदैन । विधेयक पास गराउन केही समय लाग्नसक्छ, तर सरकारको सम्पूर्ण ध्यान यसैमा केन्द्रित छ ।’

दलित समुदायको हक र अधिकार सुनिश्चित गर्न सरकारले विधेयकलाई उच्च प्राथमिकता दिएको उनको भनाइ छ। उनले दलित समुदायको उत्थानका लागि ५ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

दलित अधिकारका लागि एकीकृत आन्दोलनले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेपछि कँडेलले छलफल गरेका छन् । उनले प्रदर्शनकारीहरूलाई आफैंले बोलाएर छलफल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank