दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले खोलिदिए मुसहर बस्तीको नाकाबन्दी

दलित अनलाईन १४ आश्विन २०८१, सोमबार १६:४१

काठमाडौँ  — सिरहाको नरहा गाउँपालिका- १ गैराहाको मुसहर बस्तीमा गैरदलित यादवहरुले  १५ दिनदेखि  गरेको नाकाबन्दी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले  खोलिदिएका छन् ।

कार्यक्रमका लागि जनकपुर गएका बेला विश्वकर्मा १५ दिनदेखि  जारी नाकाबन्दीको मारमा रहेका मुसहर बस्तीमा पुगेर विभिन्न अधिकारकर्मीहरुको साथमा आफैले नाकाबन्दी खोलिदिएका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि ,इन्सेकका प्रतिनिधि , प्रहरी  र दलित अधिकारकर्मीहरुको उपस्थितिमा विश्वकर्माले नाकाबन्दी तोड्दिएका हुन् ।

मुसहर बस्तीमा गैरदलित  महेश यादवले  भदौं ३१ गतेबाट तीनतिरको बाटो बन्द गरी नाकाबन्दी लगाएका थिए ।  ४५ घरधुरी रहेको मुसहर बस्तीको मुल बाटोमा काँडेतार लगाएर हिँड्डुल गर्न रोक लगाएपछि मुसहर समुदाय न्यायका लागि हारगुहार गरेका थिए । महेश यादवले बाटोको काँडेतार खोल्ने प्रयास कसैले गरे परिणाम नराम्रो हुने चेतावनी समेत दिएका थिए ।

दलित अधिकारकर्मी संजय महराले मुसहर बस्तीमा यादवहरुले खेतमा काम नगरेको निहुँमा उनीहरुमा नाकाबन्दी लगाएपछि आफुहरुले न्यायको लागि सबैतिर अपिल गरेको बताए । दलित आयोगको अध्यक्षको पहलमा १५ दिनदेखि  नाकाबन्दीकोमा मारमा रहेका मुसहर बस्ती  काँडेतार आजबाट तोडिएको महराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank