चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट सम्मानित

दलित अनलाईन २० असार २०७५, बुधबार ०९:४४

राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ चार जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरिएको छ।

अनुसन्धानकर्ताहरु प्रा.डा. मुकेश कुमार चालिसे, प्रा.डा. रजनी मल्ल, डा.राम कुमार अधिकारी तथा प्रा।डा। अमर प्रसाद यादवलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको हो।

कार्यक्रम पश्चात पुरस्कृत विज्ञहरुसँगको भेटमा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पुर्याएकोमा धन्यवाद दिनुभयाे । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था रू एक लाख २५ हजार रहेको छ।

नास्टको उक्त समारोहमा जम्मा २३ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो। राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतीहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank