काठमाडौँ — हरवाचरवा अगुवाको नेतृत्व विकास र आन्दोलन निर्माण लागि जनकपुरधाममा दुई दिने प्रशिक्षण आजबाट सुरु भएको छ ।
हरवाचरवा अगुवाका लागि नेतृत्व विकास, आन्दोलन निर्माण र जलवायु परिवर्तन सम्बन्धी दुई दिने प्रशिक्षण शनिबारदेखि जनकपुरधाममा सुरु भएको हो ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका प्रतिनीधीहरुको नेतृत्व विकास र जनवकालत सीप सम्बन्धी क्षमता अभिबृद्धी गरि मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापनाका लागि आन्दोलन निर्माण मार्फत स्थानिय, प्रदेश र संघीय सरकारलाई दवाव दिने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्च केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले बताए ।
दुई दिन सम्म चल्ने उक्त प्रशिक्षण संगठन निर्माण र परिचालन, नेतृत्व विकास, सवालमा आधारित नीतिगत जनवकालत, सरोकारवाला निकायसँग समन्वय, संवैधानिक र कानुनी प्रावधान, जलवायु परिवर्तन सम्बन्धी विषयमा केन्द्रीत हुनेछ । प्रशिक्षणको दौरानमा ३ महिने जनवकालत योजना निर्माण मार्फत आगामी आन्दोलन सञ्चालन गरिनेछ ।
राष्ट्रिय दलित नेटवर्क नेपालको आयोजना र मुक्त हरवाचरवा अधिकार मञ्चसँगको समन्वयमा आयोजना गरिएको प्रशिक्षणको सहजीकरण राष्ट्रिय दलित नेटवर्क, नेपालका संरक्षक गणेश विश्वकर्मा, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई र कार्यक्रम सल्लाहकार ब्रहमदेव रामले गरेका छन् ।
प्रशिक्षणमा मधेश प्रदेशका ८ वटै जिल्लाहरुबाट प्रतिनीधित्व हुने गरि ३० जना हरवाचरवा अगुवाहरुको सहभागिता रहेका छन् ।
नेपालको संवैधानिक र कानुनी प्रावधान अनुसार २०७९ श्रावण २ गते प्रधानमन्त्रीले नेपाल सरकारका मन्त्रीहरू, सांसदहरु, सचिवहरु, संवैधानिक आयोगका प्रमुख तथा प्रतितिधिहरु, उच्च पदस्थ कर्मचारीहरुसहित हलिया, कमैया, कम्लरी तथा हरवाचरवा आन्दोलनका अगुवाहरुको उपस्थितिमा हरवाचरवाहरुको मुक्तिको घोषणा गरेका थिए ।
हरवाचरवाको मुक्तिको घोषणासँगै नेपालमा सामन्तवादका अवशेषका रुपमा रहेको प्रथाहरु औपचारिक रुपमा अन्त्य भएका थियो ।
नेपाल बधुँवा प्रथा मुक्त राष्ट्र भएको थियो । मुक्तिको घोषणा भएको २ वर्ष वितिसक्दा समेत नेपाल सरकारले पुनःस्थापनाको कुनै कार्य अघि बढाएको छैन ।
Leave a Reply