डा.बाबुराम भट्टराईले भने, ‘नेपाली सेना हटाऔं’, के भन्ला सेनाले ?

दलित अनलाईन २० असार २०७५, बुधबार १०:१६

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नियमित सेना हटाउनु पर्ने नयाँ र अनौठो प्रस्ताव अघि सार्नुभएको छ  । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले पूर्णकालीन सेना हटाएर स्वयम्सेवी सैन्य दस्ता बनाउनु पर्ने धारणा सार्वजनिक गनुभएकाे हाे ।

सेवाकालीन उप–सचिवहरुलाई तालिम दिन तयार पारिएको नेपालको विकास र समृद्धिको मार्गचित्र नामको प्रस्तृतिमार्फत डा. भट्टराई यस्तो धारणा सार्वजनिक गनुभएकाे हाे  । उहाँले १८ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने एजेण्डा पनि पुनः दोहोर्‍याउनु भएकाे छ ।

उहाँको यो प्रस्तावप्रति लामो इतिहास बोकेको नेपाली सेनाले कस्तो प्रतिक्रिया जनाउने हो, त्यो भने हेर्न बाँकी नै छ । तत्कालीन माओवाली शान्ति प्रक्रियामा आए लगत्तै उहाँहरुले १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने एजेण्डा उठाउनु भएकाे थियो । डा.भट्टराईले चीन र भारतसँग गैरसन्धि गर्नुपर्ने तथा दुबैतर्फका खुल्ला सीमानाहरु व्यवस्थित गर्नुपर्ने पनि बताउनु भएकाे छ ।  त्यस बाहेक नेपाललाई संयुक्त राष्ट्र संघको रोहवरमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग पनि अघि सार्नुभएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank