बायोप्सीका लागि बेहोस बनाइएकी महिलाको मृत्यु

दलित अनलाईन ५ भाद्र २०८१, बुधबार ११:४५

चितवन — भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी गर्ने क्रममा एकजना महिलाको मृत्यु भएको छ। भरतपुर–१२ मुनाल चोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मंगलबार बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार, पाठेघरको बायोप्सी निकाल्दा बेहोस गर्ने क्रममा उनको मृत्यु भएको हो।

पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो। तर, मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको पौडेलले बताए। बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखेपनि बचाउन नसकिएको उनले बताए।

मृतक महिला भदौ ३ गते पाठेघरको ट्यूमरको अप्रेसनको लागि भरतपुर अस्पतालमा भर्ना भएकी थिइन्। मंगलबार बिहान ९ बजे अप्रेसन थियटरमा राखी लठ्याउने सुई लगाई बेहोस बनाउने क्रममा उनको होस् नै नआएको उनले बताए।

उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान हुँदैछ। मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको आरोप लगाएका छन्।

अहिले जिल्ला प्रशासन कार्यालय भरतपुरमा घटनाको विषयमा छलफल हुन लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank