चन्द्रौटा विभेद प्रकरण : पीडितको जाहेरी दर्ता गर्न प्रहरी मानेन् (भिडियो सहित )

दलित अनलाईन ५ मंसिर २०७६, बिहीबार १९:३९

कपिलवस्तु – दलितको घरमा पुर्जा गर्दैनौ भनेर भागेको पुजारीविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न पुगेका पीडित र दलित अधिकारकर्मीहरु निराशहुँदै जाहेरी दर्ता नगरी घर फर्किएका छन् ।
राजनीतिक दलहरुको दबाबमा पटक पटक पुजारीहरु पीडितको घरमा आएर माफी माग्ने आश्वसन दिएपनि उनीहरु तीन पटक समेत पीडितको घरमा नआएपछि बिहिबार वडा प्रहरी कार्यालय चन्द्रौटामा जाहेरी दर्ता गर्न गएका थिए । तर विहान १० बजे प्रहरी कार्यालयमा पुगेका पीडित र दलित अधिकारकर्मीहरुलाई दुई पक्षबीच छलफल चलाएपछि मात्र जाहेरी दर्ता गर्न सकिने भन्दै प्रहरीले जाहेरी दर्ता गर्न नमानेको हो ।
गत शनिबार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माको घरमा पुजा नगरी पुजारी भागे पछि पुजारी विरुद्ध स्थानीय दलित अधिकारकर्मी र पीडित प्रहरी कार्यालय मुद्दा दर्ता गर्न जान समेत स्थानीय राजनीतिक दलहरु लागिपरेका छन् । स्थानीय राजनीतिक दलहरुको पहलमा पुजारीलाई माफी मगाउने प्रयास गरे पनि उनीहरु घटना घटेको पाँच दिन वित्दा पनि माफी माग्न आउन सकेका छैनन् ।
मिलनले घर पुजा, सत्यनारायण पुजा र रुद्री पुजा गर्नका लागि चार नम्बर जितपुरबाट पण्डित भिम प्रसाद पोखरेललाई बोलाएका थिए । पण्डित पोखरेल घरवेटी दलित भएको खबर पाएपछी भागेका थिए । अर्का एक जना पण्डितको नाम नखुलेको जाहेरीमा उल्लेख गरिएको छ । कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमसेर जबराले उजुरी दर्ता नमानेको पिडित मिलन विकले बताए ।
वडा प्रहरी कार्यालय चन्द्रौटामा जाहेरी लिएर पुगेका दलित अगुवाहरुलाई प्रहरी उपरिक्षक जबराले दर्ता गर्न नमिल्ने बताउँदै आनाकानी गरेको पाइएको छ । मुद्धा दर्ता गर्न मिल्ने तर यस विषयमा केही छलफल परामर्श गरी जाहेरी दर्ता गर्ने जबराले बताए ।
दलित समुदायका अगुवाहरु आज विहानै देखी प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न पुगेको भएपनि प्रहरीले विभिन्न बहाना बनाई दलित समुदायलाई अपहेलित गरेको दलित अगुवा मिना परियारले बताइन् ।

https://www.facebook.com/ashokdarnal/videos/pcb.10215720015015364/10215720013895336/?type=3&theater

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank