के हिन्दु बन्न सक्छन् दलितहरु ?

चन्देश्वर दास २७ चैत्र २०७६, बिहीबार ११:३८

बाहुन धर्मको चार्तुवणय वर्णव्यवस्थाद्वारा निर्मित जाति व्यवस्थाको कारण उत्पिडनको मार खेपिरहेका उत्पिडित समुदायहरु वर्षौ देखि हिन्दु धर्मावलम्बी बन्ने प्रयास गरिरहेको छ, तर २१ औ शताब्दीको आधुनिक युगसम्म पनि हिन्दु बन्न सकेका छैनन् ।
आज दलित उत्पीडितहरु पनि नेपालको राजनैतिक दलको उपल्लो समिति पनि छन् । राजनीतिको ठुलै ओहदामा पुगेर सांसद मन्त्री पनि भैसकेका छन् । निजामति सरकारी सेवामा सचिव, उप सचिव पनि भैसकेका छन, कहिं कतै त जनै धारण गरेर आफ्नै समुदायको पंडित पुरोहित पनि भएका छन, हिन्दु धर्म सापेक्ष राष्ट्रको लागि सनातन संस्कृतिको वकालत गर्ने वकिल पनि प्रसस्तै छन् तर पनि खांटि हिन्दु बन्न सकेका छैनन् ।
मनुको विधान मनुस्मृति अनुसार नामबाटै जातिय पहिचान झल्किनुपर्ने व्यवस्था, अनुकुल काले, गोरे, सोमे, शुक्रे, बुध्धे तराई तिर बंठा, बुधना, सोमना, खटरा नथुवा चुल्हा नलेखि सोको विरुद्ध जात नलेखि कथित उच्च जातिकै नाम थर झल्किने नाम थर पनि राख्न थाले । कामीले विश्वकर्मा, दमाइले परियार, सार्कीले मिजार, नेपाली तराई मुलको तत्माले दास, चमारले राम, मुसहरले ऋषिदेव, सदा, दुशाधले पासवान, धोविले रजक साफि, बिल्टाउले सरबरिया, डोम मेस्तरले मल्लिक चौधरी राऊत, इत्यादि लेख्न लेखाउन थाले । अहिले झट्ट कसैको नाम थरले उसको जात छुट्याउन गार्हो हुन्छ ।

हिन्दु बन्ने योग्यता पुरा गर्नुभयो तर पनि तपाईसँग जाति विभेद छुवाछुत हुदैंछ त्यसको मुख्य कारण नै हिन्दूत्व होइन र ? नेपालमा हिन्दू बाहेक अन्य धर्मावलम्बीहरु पनि छन् ,जो कुनै बेला अछुत, उत्पीडित नै थिए, उनीहरुसँग किन जाति विभेद छुवाछुत हुदैंन ?

हिन्दु धर्मावलम्बीमा कुनै पनि व्यक्तिको परिचय हिन्दु हुदैंन । विश्वमा प्रचलित अन्य धर्मावलम्बीको परिचय आफ्नो धर्म अनुसार दिन्छ ,म मुस्लिम हो, म ईसाई हो, म बौद्धिष्ट हो इत्यादि भनेर निसंकोच भनिन्छ । तर हिन्दु मात्रै त्यस्तो धर्म हो जहाँ धार्मिक परिचयले पुरा हुदैंन । चातुवर्णय वर्णव्यवस्थाको सबैभन्दा उपल्लो तहमा रहेको आफैलाइ हिन्दूधर्मको ठेकेदार ठान्ने बाहुनले समेत आफ्नो परिचय हिन्दू भनेर दिदैंन किनकि हिन्दू परिचयले उ अन्य वर्ग समुदाय सरह हुन चांहंदैन । यसो भयो भने असमानता भत्किन सक्छ र उनीहरुको वर्चस्व धरापमा पर्न सक्छ । तसर्थ जातको जालोले नै बाहुनको वर्चस्व रहने भएको हँुदा उनीहरु जात व्यवस्था लाइ मलजल गरिरहेको हुन्छ ।
वर्तमानमा नाम फेरे पनि , जात ढाटे पनि आर्थिक रुपले सम्पन्न भएपनि राजनैतिक र सरकारी ठुलो ओहदामा पुगेपनि जातिय विभेदको शिकार भइरहेको छ । कतै जातकै कारण मन्त्री हेपिन्छ । सांसद जस्तोले आधुनिक शहर काठमाडौंमा डेरा पाउंदैनन् , सांसद कुटिन्छ, मेयरको पानी चल्दैन, वडा अध्यक्ष आफ्नै कर्मचारी द्वारा जातिय गाली बेइज्जती गरि कुटिन्छ ।
हिन्दूधर्म दलित उत्पीडितहरुको लागि आस्था हो भने बाहुनको लागि व्यापार हो, हिन्दुत्वकै नाममा यिनिहरुको राजनीतिक र व्यापार दुबै चलेको छ । मानौ बाहुन बाहेक अन्य सबै यिनीहरुको रोजगार दिने दाता हुन । हिन्दुधर्ममा रहेर जाती व्यवस्थाको बलियो पर्खाल भत्काउन असम्भव छ ।
तपाईले नाम फेर्नु भयो, थर फेर्नु भयो, राजनीतिकको उच्च ओहदा प्राप्त गर्नु भयो ? सरकारी जागिरको उच्च पदमा विराजमान हुनुभयो । हिन्दु बन्ने योग्यता पुरा गर्नुभयो तर पनि तपाईसँग जाति विभेद छुवाछुत हुदैंछ त्यसको मुख्य कारण नै हिन्दूत्व होइन र ? नेपालमा हिन्दू बाहेक अन्य धर्मावलम्बीहरु पनि छन् ,जो कुनै बेला अछुत, उत्पीडित नै थिए, उनीहरुसँग किन जाति विभेद छुवाछुत हुदैंन ?
छुवाछुत जाति विभेद हिन्दू धर्मको अभिन्न अंग हो, यो धर्म द्वारा निर्देशित छ । हिन्दुधर्म शास्त्रहरुमा गरेको चातुर्वणय वर्णव्यवस्था नै यसको जग हो । धर्मले निर्देश गरेको विरुद्ध आजभोलि वैश्वीकरणको कारण उत्पीडित उपेक्षित समुदाय पनि पढ्न लेख्न सक्षम भएको छ । तर पनि चातुर्वणय वर्णव्यवस्थाको असर १८औं शताब्दीकै छ । यो महाजाल बाट निस्किन यसलाइ परित्याग गर्नु नै समुल निकास हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank