दलित अभियन्ताले सडकमै सुतेर गरे प्रदर्शन

दलित अनलाईन १ भाद्र २०८१, शनिबार २०:००

काठमाडौँ  — दलितका लागि दलित अभियानले काठमाडौंको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ। सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन्।

प्रदर्शन दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनारसहितका युवाहरूले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन्।

अभियानका संयोजक सुनारले भने, ‘संविधानलाई संशोधन गर्ने कुरा राम्रो हो । तर जनताको अधिकार कटौती गरेर संशोधन गर्ने कुरा सह्य हुँदैन । दलितहरूका अधिकार  कटौती गर्ने कांग्रेस र एमालेसँग दम छ ?’

अभियानका संयोजक सुनारले एमाले र कांग्रेसले दलितहरुलाई जातीय विभेद गरेको आरोप समेत लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank