‘मैले सामाजिक असुरक्षाको कारण विष सेवन गरे’ वुद्धमाया विश्वकर्मा

दलित अनलाईन ५ श्रावण २०७५, शनिबार २२:५५

काठमाडौ- सामाजिक असुरक्षाको कारण आफुले विष सेवन गरी आत्महत्याको प्रयास गरेको बुद्धमाया विश्वकर्माले बताउनुभएको छ ।
शनिबार बसन्धारास्थित ग्रीनसिटी अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा बुद्धमाया विश्वकर्माले समाजिक डर त्रास र धम्कीबाट बाँच्न आफुले विष सेवन गरेको पत्रकार सम्मेलनमा बताउनुभएको हो । जिल्ला अदालत महोत्तरीले असार २४ गते आफुहरुलाई जातीय विभेद गर्नेविरुद्ध ६ महिना कैद फैसला सुनाएपछि सामाजिक डर, त्रास र धम्कीका कारण बुद्धमाया विश्वकर्मा आफैले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गर्नुभएको थियो ।
असार २७ गते बुधबार बुद्धमाया विश्वकर्माले दिउँसो ३ बजे आफैले विष सेवन गरेर बहुलाउन थालेपछि छोरी र आफन्तहरुले बर्दिवास महोत्तरीमा रहेको शुभस्वस्तिक हस्पिटल भर्ना गरिएको थियो । तीन दिनसम्मको उपचारमा उहाँमा केही सुधार नआएपछि आर्थिक अभावकै कारण अन्य ठाउँमा उपचार हुन नसकेको समाचार दलित अनलाईनले प्रकासित गरेसँगै ग्रीनसिटी अस्पतालले विश्वकर्माको सम्पूर्ण उपचार निशुल्क नलिने घोषणा गरी उपचार सुरु गरेको थियो ।
पत्रकार सम्मेलनमा आर्थिक अभावकै कारण आफुनो उपचारमा समस्या आएको र ग्रिन सिटी अस्पताले निशुल्क उपचार गरिदिएकोमा विशेष धन्यावाद दिनुभयो । ‘हामी जस्तो मान्छेहरुको लागि यति राम्रो अस्पताल पनि हुदोरहेछ भन्ने लाग्यो, अस्पतालले मलाई नयाँ जिवन दिएको छ । ’
प्याइजनको अन्तिम अवस्थामा रहेको हुँदा ग्रिन सिटी अस्पतालका डा.सन्तकुमार दासको नेतृत्वमा डा. खेम भुषाल र डां रोशन ढकालको टोलीले बुद्धमाया विश्वकर्मालाई आइसियूमा राखेर थप उपचार गर्नुपरेको डा. खेम भुषालले बताउनुभयो । उहाँको अवस्था जटिल परिस्थितिमा थियो , अहिले पूर्ण ठिक छ । ’
दुर्गम, ग्रामीण भेगका निमुखा तथा गरिवीको रेखामुनी रही स्वास्थ्य सेवाबाट वञ्चित रहनुहुने वुद्धमाया विश्वकर्मा जस्तै परिवारलाई अस्पतालले निशुल्क उपचार गदै आइरहेको अस्पतालका अध्यक्ष लोकबहादुर टन्डनले बताउनुभयो । आफ्ना अस्पतालले आर्थिक अवस्था कमजोरी र उपचारबाट बाहिर रहेका आदिवासी जनजाति ,महिला, पिछडिएको क्षेत्र र दलित समुदायका विरामीहरुलाई निशुल्क उपचार आफ्नो स्थापना कालदेखि नै गरेको बताउनुभयो । ग्रीनसिटी अस्पतालले ‘सेवा नै धर्म हो’ भन्ने उच्च आदर्श लिएको छ , अस्पताल आउन नसक्नेहरुलाई उपचार गराउनु हाम्रो धर्म हो । ’
पत्रकार सम्मेलनमा अध्यक्ष टन्डनले एक हप्ता अघि अस्पतालमा आउनुभएकी बुद्धमाया विश्वकर्माको स्वास्थ्य धेरै सुधार आएको बताउँदै अहिले सम्म १ लाख ६५ हजारको अस्पतालको खर्च सबै निशुल्क गरेको र बाँकी चार दिन अझै थप राख्नुपर्ने भएकाले त्यसको पनि खर्च नलाग्ने बताउनुभयो । उहाँको आर्थिक अवस्था बुझेर हामीले निशुल्क गरेका हौं, खर्च लाग्दैन ।’


अध्यक्ष टन्डनका अनुसार अस्पतालले आर्थिक अभाव र विपन्नताका कारण लामो समय उपचार नपाएका मलद्वार विहिन दुई दलित वालिका ९ महिनाकी लोकमाया सुनार र १३ वर्षीय लिला विकको ग्रीनसिटी हस्पिटलले सम्पूर्ण खर्च व्यहोरी निःशुल्क उपचार गराइसकेको बताउँदै छ । ३२ हप्तामा जन्मिएर आन्द्रा नजोडिएकी एक वालिका ग्रीनलक्ष्मीलाई अस्पतालले निःशुल्क शल्यक्रिया प्रदान गरेको थियो । त्यस्तै दुर्गम कालिकोट जिल्ला कुमा गाँउका आर्थिक रुपमा विपन्न नेत्र दर्जीका १२ वर्षीया छोरा सुनिल दर्जी र भर्ता गा.वि.स. १ का लाचन्द्र धितालका छोरा ६ वर्षे सुनिल धितालको मुटुको शल्यक्रिया गरी अहिलेसम्म ५२ वटा निशुल्क मुटुको शल्यक्रिया गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रदेश २ का विश्वकर्मा समाजका अध्यक्ष तथा दलित अधिकारकर्मी मीन रहपालले वुद्धमाया विश्वकर्माको अस्पताले निशुल्क उपचार गरेर दलित समुदायमाथि ठूलो गुण लगाएको बताउनुभयो । सामाजिक डर त्रास र धम्की खप्न नसकेर विष सेवन गरी आत्महत्या गर्न लाग्नुभएकी विश्वकर्माको आर्थिक अवस्था कमजोर हुँद थप उपचारमा समस्या रहपालले बताउनुभयो । ‘आर्थिक अभावकै कारण उपचारमा समस्या आएको थियो, ग्रिनसिटीबाट निशुल्क उपचार गरिदिदा खुशी लागेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank