ताताे दुधले नुहाएर मुसहर समुदायले गरे कुलदेवता भुईयाकाे पूजा

दलित अनलाईन २२ माघ २०७५, मंगलवार ११:३०

सर्लाही– उम्लिरहेको तातो दुधले नुहाएर मुसहर समुदायले कुलदेवता भुईया महराज पुजा गरेका छन् ।
सोमबार हरिपुर नगरपालिका ६ लक्ष्मीपुरमा मोरङ्गदेखी पर्सासम्मको मुसहर समुदायले उम्लिरहेको दुधले नुहाएर मुसहर कुलदेवता भुईया महराज पुजा गरी मनाएका हुन् । उनीहरुले आउँदो वर्ष माघ १ गते भुईया महाराजको तातो दुधले नुहाउने पुजा सहित “अप्पन संस्कृती अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ भुईया दिवस मनाउने घोषणा समेत गरेका छन् ।

कुलदेवता पूजा तथा घोषणा कार्यक्रममा प्रदेश २ का अर्थमन्त्री विजय यादवले यस कार्यक्रममा बोल्दै मुसहर समुदायको कुलदेवता भुईया महराज(दिनाभद्री) को जन्म स्थल लगायत मरौटी(मरेको स्थान), धरौटी (मृत शरिरलाई राखेको स्थान), जरौटी ( दाहंसंस्कार गरेको ठाउँ) नेपालको सप्तरीमा रहेको र त्यसको सरंक्षण, विकासका निम्ति १ करोडको योजना बनाएर पेश गरेको बताए ।


अर्थ भुमि भएकोले मुसहर र भुमि बीचको सम्वन्ध र मुसहर समुदायको पुर्खाले भुमिपुत्रको रुपमा गरेको कर्मलाई जनमानस समक्ष ल्याउन भुईया दिवस मनाउन लागेको सर्लाहीका पचुलाल माझी मुसहरले बताए ।शतिmहिनको सशक्तिकरण मुसहर समुदायको समग्र उत्थान अभियान, नेपाल राष्ट्रिय मुसहर सघं तथा जय श्री शवरी माता मुसहर एकता युवा सेवा समाज नेपालको आयोजनामा संचालन भएको यस कार्यक्रममा मुसहर समुदायको उत्थान र विकास निम्ति कार्य गरेको अगुवा ६२ बर्षीय रामकेवल माझी र ६५ बर्षीय रामस्वरुप माझी मुसहरलाई सम्मान गरिएको थियो ।


मोरङ्ग जिल्लाबाट आएका क्रृषिवंशी जनकल्याण संघका कालाकारहरुले गीत संगीत, नृत्यको मार्फत मुसहर समुदायको संस्कृति सहित मुसहर समुदायको वास्तविक जीवनलाई समेटि प्रस्तुती गरेका थिए ।
दिनाभद्र्री मुसहर कुलमा जन्मेको भए पनि उहाँहरुले सम्र्पुण समाजको हितको लागी काम गरेका थिए । श्रम शोषक, अन्यायी, अत्याचारी कनक सिहं धामी तथा नवनबेली दुल्हनको डोलीलाई जवरजस्ती एक रात रोकी शारीरिक सम्वन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिहं लगायत एक सय एक्कावन जना शोषक, अन्यायी , अत्याचारी , सामन्ती संग लडी जित प्राप्त गरेका थिए । त्यसैले हामी मुसहर समुदाय उहाको कर्मलाई स्थापित गर्न नेपाल भरि नै माघ १ गते भुईया दिवस एकसाथ मनाउन नेपाल राष्ट्रिय मुसहर सघंका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाले सबैलाई आग्रह गरेका थिए ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank