ईटहरी— छोराछोरीको प्रगतीमा बाबुआमाको खुसी र साथ सहयोग कति हुन्छ भन्ने सुनसरी ईटहरीका रमेश परियारलाई सोधे हुन्छ । किनभने यतिखेर दैनिक सडकमा सिलाई पेशा गरेर कमाएको पैसा छोरी टेनिसालाई गायक बनाउन खर्चिरहेका छन ।
सिलाई मास्टर रमेशकी जेठी छोरी टेनिसा यतिखेर हिमालय टेलिभिजनबाट प्रसारण हुने ‘भ्वाईस किटसको’ भोटिङ राउण्डमा पुगेकी छन । आफनो गायकीले गर्दा जजहरुको निर्णयबाट टप २४ सम्म आइपुग्न सफल टेनिसालाई अब अगाडी बढन गायकीले मात्र पुग्दैन उनले दर्शकको भोटको पनि सामना गर्नुपर्छ ।
अब जसको बढी भोट आयो उही गायक टप १६ र टप ८ हुदै फाइनल राउण्डमा छानिन्छ । यसैले बाबु रमेशले छोरीलाई अगाडी बढाउन आफुले सिलाई काम गर्नेईटहरी नगरपालिका अगाडीको फुटपाथको भित्तामा ब्यानर टाँसेर भोटसँगै आर्थिक सहयोग पनि मागिरहेका छन । उनले आफुकाम गर्नेफुटपाथको पछाडीको भित्तामा ‘भोटफोर टेनिसा’ भन्ने व्यानर टाँसेका छन । टेनिसालाई खल्तिएप डाउनलोड गरेर जोकोही शुभचिन्तकले भोट गर्न सक्छन । गरिबिकै कारण रमेशले ब्यानरमा क्युआर कोड मार्फत छोरी टेनिसालाई आर्थिक सहयोग गर्न शुभचिन्तकलाई अपिल पनि गरेका छन ।
ईटहरी नगरपालिका १ पिपलचौकमा भाडाको घरमा बासोवास गर्ने रमेश र उनकी श्रीमती गंगा परियारका एक छोरी (जेठी टेनिसा ) र एक छोरा छन । गरिब दलित समुदानयकी भएकोले टेनिसा हाल ईटहरीको विश्व आर्दश स्कुलमा छात्रबृत्तिमा कक्षा ८ मा पढछिन । उनका बाबु रमेश पनि गायक हुन । उनले सन्दिप मोते नामले दुई वटा गीती एल्बम पनि निकालिसकेका छन । परिवारिक महौल साँगितिक भएकोले टेनिसाले पनि सानैदेखी गीतसंगीतमा रुचि राख्न थालेकी हुन । उनी बिद्यालय र स्थानिय सार्वजनिक मञ्चहरुमा उत्कृष्ट गीत गाउने गर्थिन । यसैले बाबु रमेशले छोरी टेनिसाको रुचिका लागि ‘भ्वाईस किडसमा’ भाग लिन पठाएका हुन ।
अडिसन्स राउण्डबाट छानिएपछि उनले सिलाई पेशा गरेर बचाएको पैसाले टेनिसालाई आमा र भाइसँग काठमाण्डौ प्रतिस्पर्धा गर्न पठाएका छन । काठमाण्डौमा आफन्त कोईनभएकोले लजमा आमासँगै बसेर टेनिसाले किडसको प्रतिस्पर्धामा दुई महिनादेखी भाग लिइइरहेकी छन । आफनो सुरिलो गायकीले गर्दा ‘ब्लाईण्ड’ र ‘ब्याटल’ राउण्ड पार गर्न सफल भएपछि टेनिसा भोटिङ राउण्डको टप २४ मा छानिएकी हुन ।
टेनिसाले फाइनल राउण्डमा पुग्न अझै सघर्ष गर्नुपर्ने हुन्छ । यसैले उनको काठमाण्डौ बसाई पनि अझै लम्बिन सक्नेछ । यसैले फुटपाथमा सिलाई पेशा गरेर हाल दैनिक ५देखी ७ सय मात्र कमाउदै आएका बाबु रमेश चिन्तित छन । प्रतिस्पर्धाका लागि टेनिसाले बास र खानाका लागि मात्र दैनिक १५ सय खर्चिनुपर्छ । छोरीको प्रगतिका लागि चिन्तत बाबु रमेश भन्छन — ‘छोरीको खर्चका लागि साथीभाइ गुहारेर अहिलेसम्म जेनतेन गर्जो टारिरहेको छु तर अझै बसाई लम्बियो भने खर्चकै कारण छोरीले प्रतिस्पर्धा छोडनुपर्ला भन्ने चिन्ताले पनि सताइरहेको छ । ’
Leave a Reply