सिन्धुपाल्चोकमा चमारे भन्दै कृष्णबहादुर सार्कीमाथि सामुहिक रुपमा कुटपिट

दलित अनलाईन ३० चैत्र २०७६, आईतवार ११:३२

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपालिका वडा न. ७ देउरालीमा सहदेब दंगालले आफ्नो श्रीमतीसग अनैतिक सम्बन्ध राखेको भन्दै कृष्णबहादुर सार्कीलाई सामाजिक रुपमा गाली बेइज्यती गरी मरसान्न कुटपिट गरेका छन् ।
२०७६ चैत २७ गते दिउँसो इन्द्रावती गाउपालिका वडा न १२ बेसीबगर खेतमा रोपाइँ गरिरहेका उनलाई अचानक ६–७ जना सहदेवव दंगाल, नकुल भनेर चिनिने भिम बहादुर दंगाल,विनोद दंगाल,नेत्रप्रसाद दंगाल,प्रदिप दंगाल,बसन्त दंगाल र शिक्षक दिपेन्द्र दंगालको समुहले पिडित कृष्णमाथि कुटपिट गरेका हुन् ।
पीडित भन्छन् आफुलाई माघ १३ गते आरोप लगाई दिनानुदिन घरमा आइ त सार्की चमारेलाई जहाँ भेटे पनि मार्छु काट्छु भनी धम्की दिइरहेका थिए ।
आरोपि सहदेव दंगालको श्रीमती सुनिता दंगालले भने आफुलाई गाउँको मानिससँग अनैतिक सम्बन्ध राखेको भनी पटकपटक आरोप लगाएर घर बाट योजनाबद्ध रुपमा निकालेको भन्दै न्यायको लागि न्यायलयमा गएकी थिइन् ।

जातीय तथा अन्य छुवाछूत तथा भेदभाव( कसुर र सजाय )ऐन २)६८ मा निजि तथा सार्वजनिक स्थलमा जातिय विभेद गरेमा तिन महिना देखि तिन वर्ष सम्म कैद र पचास हजार देखि दुई लाख सम्म जरिवाना तथा ऐन बमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पिडितलाई दुईलाख सम्म क्षतिपुर्ति भराईदिन सक्ने कानुनी प्राबधान रहेको छ ।
घटना भएपछि तत्काल घटना स्थल पुगेका प्रहरिको टोलीले भने घाइतेलाई नै ३ घण्टा थुनामा राखेको पीडित कृष्णबहादुर सार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank