सेटिङमा सोती हत्या प्रकरण : छोरा डाक्टर बाबु वकिल !

प्रेम सुनार ७ असार २०७७, आईतवार १६:४७

बुटवल— अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित रुपमा हत्या गरिएको रुकुम प्रकरणमा नयाँ तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।
नरसंहारयुक्त घटनामा वडाध्यक्ष मल्लकै योजना र सेटिङ्घमा ६ जनाको हत्या भएको गृहमन्त्रालयले समेत निष्कर्ष निकालेको छ । घटनालई थप कमजोर बनाउन जाजरकोट जिल्ला अस्पतालका डाक्टरहरुले हत्या भएका ६ जना भवितब्यबाट मृत्यु भएको पोष्टमार्टम रिर्पोट सार्वजनिक गरेपछि पीडितहरु आन्दोलनरत छन् । एक दर्जनभन्दा बढी मानव अधिकारवादी,तथा दलित अधिकारकर्मी,अनुसन्धानकर्ता र पत्रकारको टोलीले समेत रुकुम हत्या प्रकरण जातको आधारमा सामुहिक र सुनियोजित हत्या भएको निष्कर्ष निकालेका छन् । तर राजनीतिक रंगका आधार उच्च जातीय आंहकारीवादी सोचबाट ग्रस्त एकथरीहरुले जातीय आधारमा घटना भएको मान्न पटक्कै तयार छैनन् । तर गम्भिर प्रश्न के हो भने, २९ जनाको बयानमा घटनाहरु योजनाकारदेखि घटनामा संग्लनहरुले समेत आफुहरुको घरेलु हतियार प्रयोग गरी कुटपिट गर्दा उनीहरुको मृृत्यु भएको स्वीकार गरिसकेका छन् । तर घटनाका दोषीहरुलाई उम्काउन राजनीतिक दल लागि परेका छन् । घटनालाई कमजोर बनाउन पीडक, उनलाई उन्मुक्ति दिने गरी वकालत गरिरहेका वकिल र उनकै छोरा डाक्टरसम्म सेटिङ्घमा रहेको पीडितहरुको आरोप छ । नवराजकी प्रेमिका भनिएकी ती युवतीका मल्ल परिवार र उनको पक्षमा वकालत गर्ने वकिल र जाजरकोटका डाक्टर एउटै कुलका दाजुभाई भएको खुलेको छ ।

छोरा डाक्टर, बाबु वकिल !
जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ घर भएका भक्तबहादुर मल्ल पेशाले शिक्षक हुन । उनले खलाङ्घाको त्रिभुवन माध्यमिक विद्यालयमा पढाउँछन । भक्तबहादुर स्थायी दरवन्दीका शिक्षक हुन् ।
तर भक्तबहादुर अधिवक्ताको काम गरिरहेका छन्, उनले मल्ल परिवारको तर्फबाट वकालत गरिरहेका छन । रुकुम पश्चिमस्थित नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति प्रेमप्रकाश ओली भन्छन्,‘ योजनावद्ध रुपमा सेटिङ्घमा घटनालाई कमजोर बनाउन खोजिएको छ ।’
भक्तबहादुर मल्लको घर पहिला सोती नै हो । उनीहरु १३ दिने दाजुभाई हुन् । अहिले उनी रुकुम पश्चिमकोा जिल्ला अदालतमा आएर पीडक मल्ल परिवारको पक्ष लिएर वकालत गरिरहेका छन् ।
उता पोष्टमार्टम रिपोर्ट निकाल्ने जाजरकोट जिल्ला अस्पतालका डाक्टर भुपेन्द्र मल्ल उनकै छोरा हुन् । उनले सुरुमै आफु विवादमा आउने देखेर त्यस पोष्टमार्टम रिपोर्टमा हस्ताक्षर गरेनन्, अरु डाक्टरहरुलाई प्रयोग गरे । आफु नजिकका दाजुभाई भएकोले विवादमा परिन्छ भन्ने उनको सोच चलाखीपुर्ण हुनुले पनि पोष्टमार्टम रिपोर्ट गलत आएको ओलीको दावी छ ।

उल्टै पीडितलाई प्रहरी खोरमा
सभापति ओली थप्छन् –‘सुरु देखि नै घटनालाई योजनाबद्ध ढंगले कमजोर बनाउन खोजिएको छ । वडाध्यक्ष डम्वरबहादर मल्लले उसै दिन राती चौरजहारीको प्रहरीलाई उक्साएर उल्टै पीडित पक्षका १२ जना युवाहरुलाई थुनाएर यता पीडक पक्षका घरेलु हातहतियार पखाल्ने लगायतका प्रमाणहरु नष्ट गर्ने काम गरेको बताउँछन् ।
नवराज विकको शव भेटिए पछि पक्राउ परेका उनलाई चौरजहारी नगरपालिकाका मेयर विशाल शर्माले जमानत बसेर वडाध्यक्ष मल्ललाई निकालेका थिए । घटना भएको तीन दिनमा वडाअध्यक्ष मल्ल पुनः पक्राउ परेका थिए । मेयर विशाल शर्माकी श्रीमति र वडाध्यक्ष मल्लकी आमा दिदी बहिनी हुन् ।
नेकपाका नेता तथा पुर्व गृहमन्त्री जनादर्न शर्माका कान्छा भाई अनिल शर्माको मल्ल परिवार ससुराली हुो । अनिल शर्माका आफ्नै साला सन्तोष मल्ल थुनामा छन् । यस कारणले पनि डरलाग्दो सोती काण्डलाई सामान्य पार्न खोजिएको स्थानीय राजनीतिक दल र अधिकारकर्मीहरुको भनाई छ । प्रदेश सांसद समेत रहेका रुकुम पश्चिमस्थित नेकपाका अध्यक्ष गोपाल शर्मा र मेयर विशाल शर्मा दुई भाई हुन् । नेकपाका नेता जनादर्न शर्मा सहितको टोलीले घटनालाई कमजोर बनाउन ठुलो षड्यन्त्र गरेको पीडित परिवारको आरोप छ । नेता शर्माको वडाध्यक्षसंग दुई पटकसम्म कुरा भएको पाईएको छ । तर पीडित पक्षसंग नेता शर्माले एक कल फोन समेत गरेका छैनन् । पीडकका १३ दिने दाजुभाईका पक्षबाट वकालत गर्ने बाबु वकिल छोरा डाक्टर आफैमा षड्यन्त्रको ज्वलन्त उदाहरण स्पष्ट छ ।
मुद्धा रुकुम पश्चिमबाट चलाईएको छ, पोष्टमार्टम रिर्पोट जाजरकोट जिल्लाबाट बनाईएको छ । अझ गजवको कुरा त के छ भने रुकुम पश्चिम स्थित नेपाल कम्युनिष्ट पार्टी नेकपाले चन्द्रबहादुर विकको संयोजकत्वमा त्यस घटनाको छानविन समिति बनायो तर एक महिना वित्नै लाग्दा पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । नेकपाको पार्टी अध्यक्ष शर्मा र छानविन समिति संयोजक विकले यो घटना जातीय कारणबाट नभएको दावी गदै आएका छन् ।
मृतक नवराज विककी दिदी सरिता विक भन्छिन्,‘ अहिलेसम्म न नेता जनार्दन शर्माले एक पटक आफुहरुसँग घटनाको बारेमा बुझ्नु भयो, न त जिल्लाका मन्त्री शक्तिबहादुर बस्नेतले घटना बुझ्नु भयो । ’
पीडितहरु आइतबार रुकुम पश्चिम आन्दोलन गर्न जाजरकोटको टोली गएको मृतक नवराज बिककी दिदी सरिता बिकले बताईन । सिंह, शाही , मल्ल ठकुरीहरुको वाहुल्यता रहेको रुकुम चौरजहारी र सोतीमा प्रहरी प्रशासन र न्यायालय समेत निरही बनाउन खोजेको स्थानीय दलित समुदायले बताउँछन् । ६ जना मृतकहरुको तर्फबाट रुकुम पश्चिमका जिल्ला न्याधिवक्ता केशवराज चापागाईले सरकारी मुद्धा हेरेको जिल्ला सह न्याधिवक्ता विनोद पौड्यालले जानकारी दिए ।
‘वहस त मैले गरेको छु –पौड्यालले भने –‘आज हामी ५ जना सरकारी वकिलबाट थुनछेक वहस भयो । सुर्खेतबाट सह महान्याधिवक्ता धु्रवमणी ज्ञवाली र दाङ्घबाट अर्का सह महान्याधिबक्ता राजन घिमिरे पनि आउनु भएको छ । उताबाट पनि चार पाँच जना वकिलहरुले त्यस मुद्धा हेरेका छन् । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank