काठमाडौं—राष्ट्रिय मानव अधिकार आयोगले भारतमा १२ वर्षीया नेपाली सुमित्रा विकको सामूहिक बलात्कार पश्चात् हत्या भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले घटनाको निष्पक्ष अनुसन्धान र क्षतिपूर्तिका लागि आवश्यक पहल गर्न भारतको मानव अधिकार आयोगलाई पत्राचार गरेको जनाएको छ ।
आयोगले यस किसिमको क्रुर र अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन, पीडित परिवारको उचित सुरक्षा व्यवस्था गर्न तथा पीडितलाई उचित राहत तथा क्षतिपूर्तिका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै भारतको मानव अधिकार आयोगलाई पत्राचार गरेको हो ।
आयोगले विभिन्न व्यक्ति तथा प्रहरी अधिकारीसँग सम्पर्क गरी घटनाको सम्बन्धमा जानकारी लिएको छ । उक्त घटनाका सम्बन्धमा पीडित परिवारको न्याय तथा सुरक्षा लागि आवश्यक कूटनीतिक पहल गर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका– ३ की १२ वर्षीया सुमित्रा विकलाई ८ माघमा सामूहिक बलात्कारपश्चात् हत्या गरी जलाइएको थियो ।
Leave a Reply