परराष्ट्रमन्त्री राणालाई भेट्न देउवा निवासमा भारतीय राजदूत

दलित अनलाईन १ श्रावण २०८१, मंगलवार ११:४७

काठमाडौँ  — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले देउवा निवास बूढानीकलकण्ठ पुगेर भेट गरेका छन्। उनी मंगलबार बिहान ९:१० बजे देउवा निवास पुगेका थिए।

देउवा निवासमा नवनियुक्त परराष्ट्रमन्त्री डा. देउवा र राजदूत श्रीवास्तवबीच दुई पक्ष हितका विषयमा कुराकानी भएको बुझिएको छ।

‘भूराजनीति पहिलेभन्दा भिन्दै भएर गइरहेको हामी सबैलाई थाहा छ। यो भन्दा भन्दै यो भन्दा पहिला पनि यस्तै अप्ठ्याराहरु नभएको होइन इतिहासमा। त्यस्तो समयमा पनि नेपालले आफ्नो स्वतन्त्रता, आफ्नो अडान राखेर देशको रुपमा बसेको भएर भविष्यमा पनि हामी यसरी नै जान सक्छौं भन्ने मलाई विश्वास छ’, परराष्ट्र मन्त्रालय सम्हाल्दै डा. देउवाले भनेकी थिइन्।

परराष्ट्रमन्त्री डा. देउवाले स्वतन्त्र परराष्ट्र-नीति अवलम्बन गरेर शान्तिपूर्णरुपमा पञ्चशीलको सिद्धान्तमा आधारित भएरै अगाडि बढ्ने नीतिलाई मूल आधार बनाएर अघि बढ्ने आफ्ना योजना रहेको पदभार ग्रहण गर्दै बताएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank