संसदमा एमालेले माग्याे प्रधानमन्त्री प्रचण्डकाे राजीनामा

दलित अनलाईन २४ असार २०८१, आईतवार १३:११

काठमाडौँ  — प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपिक्षी बेन्चमा बसेको नेकपा एमालेले संसदबाटै प्रधानमन्त्रीको राजीनामा मागेको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले मार्गप्रशस्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। एमाले र कांग्रेस राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएको भन्दै उनले प्रधानमन्त्रीको राजीनामा मागेका हुन्।

‘वर्तमान सरकारले बहुमत गुमाएको छ। बहुमत गुमाएको सरकार पदमा रहिरहन अनुचित हुन्छ,’ उलने भने, ‘नेपाली कांग्रेस र नेकपा माले बीचमा नयाँ राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। यो अभियानलाई सहयोग गर्न मार्ग प्रशस्तका लागि प्रधानमन्त्रीलाई आग्रह गर्छु।’

यस्तै, एमालेका सांसद रघुजी पन्तले अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर बाटो फुकाउनुपर्ने बताए।

‘अल्पमतमा परेपछि ७६ (२) मा जान्छ कि ७६ (३) मा जान्छ, त्यो राष्ट्रपतिको चिन्ताको विषय हो। उहाँको काम भनेको बहुमत नभएपछि तत्काल राजीनामा दिएर बाटो फुकाउने हो,’ उनले भने।

एमालेका सांसद सूर्यप्रसाद ढकालले पनि सरकार अल्पमतमा परेको भन्दै मार्ग प्रशस्त गर्न अनुरोध गरे। उनले भने, ‘सरकार अल्पमतमा परेको हुनाले छिटोभन्दा छिटो राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गर्न चाहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank