प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

दलित अनलाईन १९ असार २०८१, मंगलवार १३:११

काठमाडौँ  —  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन्। पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन उनी शीतल निवास पुगेका हुन्।

आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठक गरेका थिए। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनाको समय लिएमा नयाँ सरकारको गठनबारे के गर्ने भन्नेमा कांग्रेस-एमालेसहित राष्ट्रपतिसमेतले कानुनी परामर्श गर्ने बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank