बाढी, पहिरो र चट्याङबाट १८ जनाको मृत्यु

दलित अनलाईन १४ असार २०८१, बिहीबार ०९:३०

काठमाडौँ  — देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो, चट्याङसहितको प्राकृतिक विपत्बाट बुधबार १८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । यो वर्षको मनसुन देशव्यापी रूपमा सव्रिmय भएसँगै प्राकृतिक विपत्बाट जनधनको क्षति हुन थालेको हो ।

पहिरोमा परेर ओखलढुङ्गामा एक, लमजुङका दुई स्थानमा गएको पहिरोमा परेर पाँच र कास्कीका दुई स्थानमा गएको पहिरोमा परेर दुई गरी आठ जनाको मृत्यु भएको प्राधिकरणका सूचना विश्लेषक रञ्जना श्रेष्ठले जानकारी दिए ।

seals berry

त्यस्तै बाढीले बगाउँदा मोरङमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापामा दुई, सुनसरीमा एक, रोल्पामा दुई, कैलालीमा दुई र कपिलवस्तुमा दुई गरी नौ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । देशका विभिन्न स्थानमा विभिन्न खालका ४४ भन्दा बढी विपत्का घटना भएका राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विराटनगर क्षेत्रमा करिब एक हजार घर डुबानमा परेका छन् । भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन । देशका १० वटा सडकखण्ड अवरुद्ध छन् । विराटनगरको विमानस्थल ठप्प बनेको छ ।

राहत र उद्धार जारी

विभिन्न भेगमा बाढी, पहिरो र चट्याङ प्रभावित परिवारको राहत तथा उद्धार कार्य जारी रहेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । उनले भने, “सतर्क अवस्थामा काम गरिरहेका छौँ, ओखलढुङ्गामा पहिरोमा परेर घाइते भएका दुई जनालाई हवाई उद्धार गरी काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।”

पहिरोले ओखलढुङ्गामा सडक अवरुद्ध भएपछि प्रमुख सडकमा आवागमन बन्द रहेको छ । त्यस्तै लमजुङमा पहिरोले घर बगेपछि अलपत्र रहेका परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा राखेर राहत प्रदान गरिएको छ । विराटनगरका १० वटा वडा नै डुबानले जलमग्न बनेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ । सहज जीवनयापनका लागि सहजीकरण गर्ने प्रयासमा प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकारले थप पहल गरिरहेको पोखरेलले जानकारी दिए ।

लमजुङमा तीन वटा घर पहिरोले बगाएको छ । अन्य केही घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

कर्णाली र सुदूरपश्चिमका विभिन्न भेगमा पनि बाढी, पहिरोको उच्च जोखिम बढेकाले सतर्कता अपनाउन त्यहाँको स्थानीय सरकार र जिल्ला प्रशासनलाई भनिएको पोखरेलले बताउनुभयो । गएको २४ घण्टामा मात्र देशका विभिन्न १८ स्थानमा पहिरो गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank