बागलुङकी १९ वर्षीया युवतीले जितिन् कोरोना

दलित अनलाईन १२ बैशाख २०७७, शुक्रबार २१:३९

बागलुङ – नेपालको पाँचौ तथा जिल्लाको पहिलो कोरोना संक्रमित १९ वर्षीया युवतीले कोरोनालाई जितेकी छन्। शुक्रबार भएको परीक्षणको छैठौँ रिपोर्ट पनि नेगेटिभ आएपछि उनले कोरोना जितेकी हुन्।

बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया युवतीको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए।

युवतीको अवस्था सामान्य भए पनि यस अघिको चार  स्वाब रिपोर्ट कोरोना संक्रमण भएको पोजिटिभ रिपोर्ट नै आएको थियो। उनको डिस्चार्जको तयारी भइरहेको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिए।

उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल फर्किएकी थिइन्। त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

गत साता मात्रै नेपालको छैटौं तथा जिल्लाको दोस्रो संक्रमित ६५ वर्षीया महिलाले कोरोना जितेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank