कार्यालयमै मृत भेटिइन् प्रहरी जवान करिष्मा सुनार

दलित अनलाईन ३१ जेष्ठ २०८१, बिहीबार १९:४०

सिरहा — जिल्ला प्रहरी कार्यालय सिरहाको शौचालयमा झुण्डिएको अवस्थामा एक महिला प्रहरी मृत भेटिएकी छन् ।

सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी बताए । उनका अनुसार सुनार महिला तथा बालबालिका सेलमा कार्यरत थिइन् ।

seals berry

एसपी पण्डितले भने, ‘ड्यूटीमै रहेको बेला सुनार दोस्रो तल्लाको शौचालयमा गएकी थिइन् । लामो समयसम्म फर्किनन् । अर्का प्रहरी शौचालय गएपछि ढोका भित्रबाटै लागेको देखेका थिए । धेरै बेरसम्म ढोका नखोलेपछि शंका लागेर तोड्यौं । त्यसपछि उनी झुण्डिएको अवस्थामा भेटिइन् ।’

अहिले मृतक सुनारको शव घटनास्थलमै छ । एसपी पण्डितले मृतकको परिवारलाई खबर गरेको र आएपछि मात्रै शव पोष्टमार्टमका लागि लगिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank