हिरासतमा रहेका विजय रामको मृत्यु प्रकरण : छानविन लागि संसदीय समिति गठनको माग

दलित अनलाईन ११ भाद्र २०७७, बिहीबार २१:२३

कञ्चनपुर — रौटहट जिल्लाको इलाका प्रहरी कार्यालय गरुडाले हत्याको आरोपमा पक्राउ गरी हिरासतमा लिइएका सोही नगरपालिकाका स्थानीय विजय रामको प्रहरीको कुटपिटबाट मृत्यु भएको घटनाको दलित सरोकार मञ्च नेपालले घोर भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ ।
मञ्चका अध्यक्ष युक्तिलाल मरिकद्धारा बिहीबार जारी विज्ञप्तिमा कानुन कार्यान्वयन गर्ने राज्यको संरचनाबाटै भएको यस किसिमको जघन्य अपराधको घोर निन्दा गर्दै यस घटनाले व्यक्तिको बाँच्न पाउने मानवअधिकारको ठाडो उल्लंघन भएको, कानुन कार्यान्वयन गर्ने निकायबाटै दण्डहीनताले प्रश्रय पाई मानवअधिकारलाई ठाडो चुनौती दिएको ठहर मञ्चले गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘ यस घटनाले कुनै पनि व्यक्तिलाई अनुसन्धानका लागि सुरक्षा निकायमा ल्याईसकेपछि उसको जीवनको सुरक्षाको दायित्व राज्यले गर्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डलाई समेत चुनौती दिएको छ । तसर्थ, मञ्चले प्रहरी हिरासतमा रहको विजय रामको हत्यामा संलग्न प्रहरीहरुलाई तत्काल प्रहरी सेवाबाट निलम्बन गरी कडा भन्दा कडा कारबाही गर्न र पीडितलाई न्याय दिन र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।’
घटना विवरण अनुसार मिति २०७७ साउन ३१ गते रौटहट जिल्लाको गरुडा नगरपालिका— ८ जिगडियामा रहको सच फलफुल नर्सरीमा कार्यरत २० वर्षीय निरन्जन रामको हत्याको घटनामा आशंकाको आधारमा स्थानीय विजय रामलाई इलाका प्रहरी कार्यालय गरुडाले हिरासतमा लिएको थियो ।
हिरासतमा लिइएका विजय रामलाई अपराध स्वीकार गर्न दबाब दिदै मरणासन्न हुने गरी कुटपिट गर्दा उनको मृर्गौलामा क्षति पुगेको थियो । पीडितले त्यहाँका दलित अधिकारकर्मीलाई दिइएको जानकारी अनुसार प्रहरीले करेन्ट लगाएर याताना दिएकोले उनको मृर्गौलामा असर पुगेको पाइन्छ ।
प्रहरीको कुटाईबाट घाइते विजयलाई सोही जिल्लाको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा १० गते राती मृत्यु भएको थियो । उपचारका क्रममा प्रहरीले पीडितका परिवार र दलित अधिकारकर्मीलाई समेत भेट्न दिएको थिएन ।
‘आशंकाकै भरमा समातिएका विजयलाई राज्यको कानुन कार्यान्वयन गर्ने निकायबाट मारिएका छन् । यस्ता घटनाहरुले शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी बोकेको प्रहरी प्रशासनप्रति आम जनमानसमा घृणा र वितृष्णा पैदा गराउने छ ।’ धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासत भित्रै शम्भु सदाको हत्या भएको घटना सेलाउन नपाउँदै विजय रामको घटनाले दलितमाथि प्रहरीद्धारा गरिने दमन प्रष्ट भएकोले प्रदेश २मा दलितमाथि भएको हत्या हिंसा,बलात्कार र प्रहरीद्धारा गरिएको हत्याको घटना छानविन गर्न सरकारसँग मञ्चले माँग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank