विपक्षीलाई घेराबन्दीमा राखेर प्रधानमन्त्रीले लिए विश्वासको मत

दलित अनलाईन ७ जेष्ठ २०८१, सोमबार १८:४५

काठमाडौँ — विपक्षी दलका सांसदलाई घेराबन्दीमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन्। नाराबाजी गरिरहेका कांग्रेसलगायत विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव राखेका थिए।

नाराबाजीबीच भएको मतदानमा १५७ मत सहित प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन्। कुल १५८ मतमध्ये मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो भने विपक्षीमा शून्य मत परेपछि विश्वासको मतको प्रस्ताव पारित भएको हो।

संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । बरु वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए।

त्यसपछि सुरु भएको बैठकमा पनि कांग्रेससहितका विपक्षी दलहरुले नाराबाजी जारी राखे। विरोधका बीच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए। विश्वासको मतको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मात्र बोले।

त्यसमा जवाफ दिने प्रक्रिया पूरा गरेपछि सभामुख घिमिरेले मतदानको प्रक्रिया अघि बढाएका थिए। सभामुख घिमिरेले विश्वासको मतको प्रस्तावमा तटस्थ मत १ परेको छ । संसद बैठकमा १५८ जना सांसदको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank