संसदीय दलको बैठक कांग्रेसले सार्‍यो

दलित अनलाईन ३१ बैशाख २०८१, सोमबार ११:२१

काठमाडौँ —  नेपाली कांग्रेसको संसदीय दलको बैठक सरेको छ । कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बोलाएको दलको बैठक मंगलबार बिहान ८ बजेका लागि सारेको हो । आफ्नो संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आजको बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरिएको बुझिएको छ ।  आइतबार बिहानको भेटमा संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका थिए ।

Mahendra agni

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank