विदेशबाट फर्किएलगत्तै रविले गरे प्रहरीमा आत्मसमर्पण

दलित अनलाईन ३० बैशाख २०८१, आईतवार ११:१४

काठमाडौँ — वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

विदेशबाट सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किएलगत्तै रविले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा बिहीबार आत्मसमर्पण गरेका हुन्।

रविविरुद्ध गत चैतमा उनकी श्रीमतीले वैवाहिक बलात्कार तथा अस्वभाविक मैथुन गरेकाे भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

उजुरीपछि कैलाली जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे थियाे। यद्यपि, सांगीतिक कार्यक्रमकाे क्रममा उनी विदेशमा रहेका कारण पक्राउ परेका थिएनन्।

उनीविरुद्ध अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक रमेश जाेशीले जानकारी दिए।

Mahendra agni

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank