ओलीले भने : मान्छेले छोएको पानी खानु हुन्न भन्ने पनि पण्डित हुन्छ ?

दलित अनलाईन ८ चैत्र २०८०, बिहीबार १६:५६

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजको उन्नतिका लागि राजनीतिलाइ माध्यम बनाउनुपर्ने बताएका छन्।

५९औं अन्तराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवसका अवसरमा नेपाल उत्पीडित मुक्ति समाजले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकमा समानता, शान्ति, विकासका साथ समग्र समाजको उन्नतीका लागि राजनीतिलाई माध्यम बनाउनुपर्ने बताएका हुन्।

सरकारबाट हट्नुपर्यो भनेर संसद अवरुद्ध गर्ने हल्ला गर्ने अवस्थाका लागि मात्रै लोकतन्त्र नल्याएको भन्दै उनले जनताका लागि वास्तविक लोकतन्त्रको अभ्यास गर्नुपर्ने धारणा राखे।

उहाले समृद्ध नेपाल सुखी नेपालको अभियानमा अधिकारमात्रै नभई सुरक्षा र सम्मानलाई पनि जोडेको बताए । त्यस्तै ओलीले मुलुकमा जातीय भेदभाद अन्त्यको अभियान एमालेले सुरु गरेको र एमालेलै पहलमा संविधानमा ती विषयहरुलाई मौलिक हकमा राखिएको जिकिर गरे।

ओलीले कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताए। कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्ने भए पनि जन्मबाट कोही सानो, ठुलो नहुने उनले स्पष्ट पारे। एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभएको ओलीले स्पष्ट पारे।

‘मानिसलाई कुनै प्रकारले अपमान, हेला गर्ने कुरा हुनु भनेको असभ्यताको अर्को नाम हो। जतिसुकै पढेको किन नहोस्। कतिपय पण्डित भन्नेहरू छोइन्छ भन्ने ठान्छन्। अनि के को पण्डित। मान्छेले छोएको पानी खानु हुन्न भन्ने पनि पण्डित हुन्छ ? उनले भने,’ चाहेको जुनसुकै कुनाको जोसुकै होस्। त्यस्तो मान्छे जसले रंगभेद र वर्ण भेद गर्छ त्यो सभ्य मानिस हुनसक्दैन। यो हिंसा हो। यो अंहकारले कसैको भलो हुँदैन।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank