मधेसमा बाहिरियो कांग्रेस भित्रियो एमाले

दलित अनलाईन ५ चैत्र २०८०, सोमबार १९:४७

जनकपुरधाम — मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी उनकाे ठाउँमा एमालेका सरोजकुमार यादवलाई ल्याएका छन्।

केन्द्रीय सत्ता समीकरण बदलिएसँगै  मधेस सरकारमा नेकपा एमाले सहभागी भएको हाे। एमाले संसदीय दलका नेतासमेत रहेका सरोजकुमारलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्।

आज एमालेका एकजनालाई मन्त्री बनाइए पनि थप दुई मन्त्रालय दिने सहमति बनेको स्राेतकाे भनाइ छ। मधेसमा एमालेका २४ सांसद छन्। नयाँ गठबन्धनमा लोसपा नरहे पनि सरकारमा सहभागी गराउने तयारी रहेकाे स्राेतले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank