महरालाई चार दिन थुनामा राख्न अनुमति

दलित अनलाईन ५ चैत्र २०८०, सोमबार १९:४२

काठमाडौं —सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरातमा राख्न अनुमति दिइएकाे छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजालसले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो।

सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका पूर्वसभामुख महरालाई काठमाडौँ ल्याएर सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियाे। सरकारी वकिलले म्याद थपका लागि अदालतमा उपस्थित गराएकोमा ४ दिन हिरातमा राख्न अनुमति दिइएकाे हाे।

यसअघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिएर कागज गरी छाडेको थियो।

सर्वाेच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग माओवादी उपाध्यक्ष महराको नाम जोडिएको थियो।

उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन्। राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank