प्रधानमन्त्रीको उपकुलपतिलाई निर्देशन- धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउनुस्

दलित अनलाईन ७ माघ २०८०, आईतवार १८:२०

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न  निर्देशन दिएका छन् ।

उनले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले उपकूलपति डा. कार्कीलाई भने, ‘तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्,अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक,कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank