बुद्धमायाको मुटुको उपचार शुरु, आवासको निम्ति समिति गठन

दलित अनलाईन १७ श्रावण २०७५, बिहीबार २२:१५

काठमाडौं–अदालतबाट न्याय पाए पनि समाजको थप अत्याचार सहन नसकी विष सेवन गर्नुभएकी महोत्तरी बर्दिवासकी बुद्धमाया विश्वकर्मालाई पुर्नस्थापना गराउन र आवास निर्माणको लागि ‘बुद्धमाया विश्वकर्मा राहत अभियान’ समिति गठन भएको छ ।

विहिबारदेखि बुद्धमाया विश्वकर्माको मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले उपचार सुरु गरेसँगै दलित अधिकारकर्मी र पत्रकार सम्मिलित पुर्नस्थापना गराउन र आवास निर्माणको लागि बुद्धमाया विश्वकर्मा राहत अभियान समिति गठन भएको हो ।

बुद्धमायाले विष खाएर बेहोस भएपछि उपचारका लागि बर्दिबास चोकस्थित शुभस्वस्तिक अस्पतालमा राखिएको थियो । तर उहाँको उपचारमा सुधार नभए पछि काठमाडौ बसुन्धारा स्थित ग्रिन सिटी अस्पतालले निशुल्क उपचार गरेको थियो । बुद्धमाया विश्वकर्माको मुटुमा समस्या देखिएपछि गंगालाल हृदयरोग केन्द्रका मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले निशुल्क उपचार गर्ने घोषणा गर्नुभएको थियो ।

अदालतबाट न्याय पाए पनि सामाजिक डर, त्रास र धम्कीपछि विष सेवन गरी आत्महत्याको प्रयास गर्नुभएकी बुद्धमायाको सामाजिक अन्तरघुलन अन्तर्गत समाजमा पुन पुर्नस्थापना गराउने गरी जीर्ण रहेको आवास निर्माण गर्ने गरी राहत अभियान गठन गरिएको छ । समितिले बुद्धमायाको आवास निर्माणमा देश विदेशमा बस्नुहुने सबैले सहयोग गर्ने समेत अपिल गरेको छ ।

मीन रहपालको संयोजकत्वमा गठन भएको समितिमा गणेश विके, दलमर्दन कामी, टेकबहादुर विक, राजु विक, रामलाल विश्वकर्मा राजवंशी, पत्रकार अशोक दर्नाल, विश्वास खड्काथोकी, र रुपबहादुर विश्वकर्मा रहनुभएको छ । यो समितिले राहत संकलन गर्ने र बुद्धमायाको आवास निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै, आवास निर्माणका लागि टेकबहादुर विश्वकर्माले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बुद्धमाया विश्वकर्मा बाँसले बारेको घरमा बस्दै आउनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank