जातीय भेदभाव र छुवाछुत विरुद्ध तीन महिने जागरण अभियान सुरु

दलित अनलाईन ७ चैत्र २०७७, शनिबार २३:५६

काठमाडौं— जातीय भेदभाव र छुवाछुत विरुद्ध तीन महिने जागरण अभियान सुरु भएको छ ।
५६ औ अन्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालय मोरङ,रीडेफ नेपाल ,समता फाउन्डेसनको संयुक्त आयोजना अभियान सुरु भएको हो । अभियानमा ओपन सोसाईटी फाउण्डेसनको सहकार्य छ ।
तीन महिने अभियानको उद्घाटनमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले समाजमा दिनप्रतिदिन जातीय छुवाछूत घटनाहरु मैलाउँदै गएको भन्दै अभियान जनचेनताका लागि निकै महत्वपूर्ण हुने बताए ।

पूर्व मन्त्री तथा सांसद मीन विश्वकर्मा जातीय छुवाछूत घटनाहरुमा प्रहरी प्रशासनको भूमिका प्रभावकारी हुन नसकेको भन्दै जातीय छुवाछूतको मुद्दामा प्रहरी प्रशासन जिम्मेवार बन्न आग्रह गरे । सांसद जयराम यादव, पूर्व सांसद खेम नेपाली , संविधानसभा सदस्य बाबुलाल पासवान ,प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले छुवाछूत अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

मानव अधिकार आयोग प्रदेश कार्यालयकी प्रमूख नितु गड्तौला र समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियारले समाजभित्र छुवाछूत कायमै रहेको भन्दै कानुनी शासन अनुभूति दिलाउन सरकारलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank