दलित विपन्न र असहायलाई निःशुल्क स्वास्थ्य बिमा

दलित अनलाईन २७ पुष २०८०, शुक्रबार १६:५५

लहान — सिराहाको लहान नगपालिकाले जन्म, मृत्यु, विवाहलगायतका सिफारिस निःशुल्कसहित दलित, विपन्न र असहायलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने नीतिलाई निरन्तरता दिने जनाएको छ।

नगरसभा कक्षमा बिहीबार आयोजित १३औँ नगरसभामा नगर प्रमुख महेशप्रसाद चौधरीले भौतिक पूर्वाधारसहित अन्य विकास निर्माणसम्बन्धी योजनाको वडाको निर्णयको आधारमा संशोधन गरिने भए पनि शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकतासहित तर्जुमा गरिएको आर्थिक वर्ष ०८०/८१ को बजेट कार्यक्रममा गरिब, असहाय, दलित तथा विपन्न लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए।

करिब डेढ वर्षदेखि रोकिएको नगरबस सेवा १ माघदेखि पुनः सञ्चालन गरिने जानकारी दिँदै उनले भने, ‘नगरबसमा १ देखि २४ वडा क्षेत्रका ज्येष्ठ नागरिकले यात्रा गर्दा भाडा फ्री गरिनेछ, जुनसुकै वडाबाट लहानसम्म आउँदा अधिकतम २५ रुपैयाँ भाडा तोकिएको छ।’

आर्थिक अभावमा न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित दलित, विपन्न, गरिब र असहायलाई निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क एम्बुलेन्स सेवासम्बन्धी व्यवस्थालाई निरन्तरता दिँदै स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएको उनले बताए।

त्यसका अतिरिक्त गाउँघर क्लिनिकमार्फत गाउँटोलमै पुगेर उच्च रक्तचाप र मधुमेहको जाँच गरी निःशुल्क औषधि वितरण गरिने बताउँदै उनले भने, ‘नगर क्षेत्रका नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि १८ करोडको लागतमा निर्माण गरिने नगर अस्पतालको टेन्डर लगाइएको छ।’

खुट्टी खोला हुँदै निकालिएको नहरको सौन्दर्यीकरणका लागि पाँच करोेड, राम मन्दिर, दुर्गा मन्दिर निर्माणसहित व्यवस्थित आर्यघाट निर्माण, फोहोर व्यवस्थापनका लागि तय गरिएको बजेट र कार्यक्रमअनुसार काम थालिएको उनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank