थमन विक हत्यामा जन्मकैद सजाय पाएका ठाकुर जेल चलान

दलित अनलाईन २४ पुष २०८०, मंगलवार १५:३०

काठमाडौँ — मधेश आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरीका असइ थमन विक हत्या मुद्दामा जन्मकैद सजाय पाएका जलेश्वर नगरपालिका- ९ निवासी मोहन ठाकुरलाई जेल चलान गरिएको छ।

लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय काटी छुट्नै लाग्दा प्रहरीले सोही ठाउँबाट उनलाई पुनः पक्राउ गरी थमन विक हत्यामा दोषी ठहर भएपछि उनलाई जेल चलान गरिएकाे हाे।

उनलाई जिल्ला अदालत महोत्तरीबाट सजाय भुक्तानी गर्न जलेश्वर कारागारमा बुझाएको छ। उनलाई गत २८ मंसिरको जिल्ला अदालत महोत्तरीको फैसलाले दोषी ठहर गरी यही १३ पुसमा जलेश्वर कारागार चलान गरिएको जानकारी साेमबार मात्रै सार्वजनिक भएकाे छ।

सोही मुद्दामा पहिलेदेखि नै पुर्पक्षमा रहेका प्रदीप साह माझी र सञ्जयकुमार साहले समेत जन्मकैद सजाय पाएका छन्। उनीहरूले  हालसम्म कारागारमा बसेको समय कट्टा गरी जन्मकैदकाे फैसला सुनाइएकाे छ।

०७२ सालको मधेश आन्दोलनको समय हत्या गरिएका सशस्त्र प्रहरी असइ विकको हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले गत २८ मंसिरमा फैसला सुनाउँदै प्रदीप साह माझी र सञ्जयकुमार साह, मोहन ठाकुरसहित पूर्वराज्यमन्त्री तथा लोसपाको संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर अस्पतालका पूर्वअध्यक्ष सुरेश पाण्डेय र धर्मेन्द्र राय, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र साहीजीसहित सातजनालाई जन्मकैद फैसला सुनाएको थियो।

उनीहरुविरुद्ध साेही मुद्दासँग सम्बन्धित आगजनी मुद्दामा थप ६ महिना कैद र १० लाख क्षतिपूर्तिसमेत तिर्नुपर्ने फैसला भएकाे छ।

सोही घटनामा नाम जोडिएका एमालेका तर्फबाट महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी र जलेश्वर नगरपालिका– ९ निवासी पवन कापरले सफाइ पाएका थिए भने १९ जनाको मुद्दा अझै मुल्तबीमा राखिएको छ।

मधेश आन्दोलनको क्रममा आन्दोलनलाई मत्थर पार्न षड्यन्त्रपूर्ण तरिकाले आन्दोलनकारीहरूको नाम समावेश गरेको र अदालतको फैसला न्यायपूर्ण नभएको भन्दै लोसपाको तर्फबाट फैसला भएकै दिनदेखि महोत्तरीको विभिन्न स्थानमा आन्दोलन र प्रदर्शन भएको थियो। लोसपाले केन्द्रमा समेत दबाब बनाउने प्रयास गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank