जाजरकोट भूकम्प : १ अर्ब ४ करोड रुपैयाँ स्थानीय तहको खातामा पुग्यो

दलित अनलाईन २७ मंसिर २०८०, बुधबार १२:०३

काठमाडौँ — जाजरकोट भूकम्पका पीडितको अस्थायी आवास निर्माणका लागि १ अर्ब ४ करोड ८ लाख २५ हजार रुपैयाँ स्थानीय तहको खातामा पुगेको छ । मन्त्रिपरिषद्‌ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय बमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहमा सो रकम पठाइएको हो ।

जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यानका लागि १ अर्ब ४१ करोड रकम निकासा भएको र यो रकम मध्येबाट यी पाँच जिल्लाका स्थानीय तहले कायम गरेका ५९, १६२ जना लाभग्राहीका लागि रु १ अर्ब ४ करोड ८ लाख २५ हजार स्थानीय तहको खातामा पुगिसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो ।

स्थानीय तहले कायम गरेका ५९ हजार १६२ लाभग्राहीमध्ये १० हजार १५३ ले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन् । सम्झौता गरेका यी लाभग्राहीलाई स्थानीय तहले  २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराइसकेको प्राधिकरणको भनाइ छ ।

रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा २ हजार ४२३ र सल्यानमा ४० गरी २ हजार ४६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बसोबास गर्न थालेका छन् । पालिकामा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोस्रो किस्ता बापत लाग्ने रकम २ अर्ब ६० करोड ५० लाख रुपैयाँ थप निकासा गरिदिन सम्बन्धित जिल्लाहरूबाट माग भई आएको प्राधिकरणले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank