सरकारले विपिन जोशीलाई छुटाउन संवाद गरिरहेको छ : मन्त्री एनपी साउद

दलित अनलाईन २२ मंसिर २०८०, शुक्रबार २०:०३

काठमाडौँ —  परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले संवाद गरिरहेको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा परराष्ट्रमन्त्री साउदले आफूले शुक्रबार नै इजरायलमा टेलिफोन गरी विपिन जोशीको पछिल्लो अवस्थाबारे जानकारी लिएको बताएका हुन् ।

आफू शनिबार दोहा फोरमममा भाग लिन कतार जान लागेको र हमाससँग सहजीकरण गरिरहेकासँग संवाद गर्ने उनले बताए । त्यस्तै, मन्त्री साउदले युक्रेनमा दुई जना युद्धबन्दी रहेको भन्दै दिल्लीस्थित दूतावासबाट संवाद भइरहेको जानकारी दिए ।

उनले रुसले पनि नेपालीहरुको अवस्थाबारे नेपाल सरकारसँग संवाद गरेको र रुसी सेना छाडेर नेपाल आउन चाहनेलाई नेपाल सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।

उनले रुसलाई आफ्नो सेनामा नेपाली नागरिकलाई भर्ती नगर्न र भर्ती भएकालाई नेपाल फर्काउन आग्रह गरेको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank