विप्लव र प्रकाण्डविरुद्ध ३५ दिने पक्राउ पुर्जी

दलित अनलाईन १८ मंसिर २०८०, सोमबार १७:२९

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चारजना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ।

जिल्ला अदालत काठमाडौंले महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेकाे हाे।

२०७६ असोज ९ मा सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा सूचना प्रकाशन गरेर उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ।

‘उपरान्त वादी नेपाल सरकार प्रतिवादी हेमन्त प्रकाश ओली भएको राज्य विरुद्धको कसुर मुद्दा मिति २०७६/०६/०९ मा दायर भई मिति २०८०/०८/१० को आदेशानुसार तपाईंका नाउँमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५८ (१३) वमोजिम प्रस्तुत ३५ दिने पक्राउ पुर्जीको सूचना प्रकाशित गरिएको छ।

यो पक्राउ पुर्जीको सूचना प्रकाशित भएका मितिले बाटोका म्याद बाहेक ३५ (पैंतीस) दिनभित्र आफूसँग भएको सबुद प्रमाण सहित तपाईं आफैं उपस्थित हुनुहोला। तपाईंहरूले म्याद गुजारी बसेमा मुद्दा कानून वमोजिम हुनेछ। पछि तपाईंको उजुरबाजुर लाग्ने छैन’, सूचनामा भनिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank