कथित जातकै कारण बहुविवाह गरेर श्रीमानले आफु र छोरालाई अलपत्र बनाए : सम्झना गैरे (दर्जी)

अनलाईन डेक्स ८ भाद्र २०७८, मंगलवार २०:१४

 

विराटनगर — अछुत भएकोले कुलको साँस्कृतिक कर्ममा चलाउन नसक्ने भन्दै घरपरिवारले अस्वीकार गरेपछि विवाह गरेको पन्ध्र वर्षपछि विराटनगरका एक व्यक्तिले दलित समुदाय माइती भएकी श्रीमती र १३ वर्षका छोरालाई अलपत्र बनाएर वहुविवाह गरेका छन् ।
विराटनगर महानगरपालिका ५ सम्झना चौकका ३७ वर्षीय सविन गैरेले सुनसरी धरान ८ माइती भएकी ३६ वर्षीया श्रीमती सम्झना गैरे (दर्जी) र १३ वर्षका छोरा प्रतिक गैरेलाई अलपत्र पारेर वहुविवाह गरेका हुन् ।

विवाहपछि आफु जापान बस्दै आएका सविनले श्रीमती र छोरालाई काठमाण्डौ भाडाको घरमा राख्दै आएका थिए । बेला बेला जात ढाँटेर घरमा ल्याउने गर्दथे । तर सम्झना दलित समुदायको हो भन्ने थाहा पाएपछि घरपरिवारले साँस्कृतिक कर्ममा चलाउन नसक्ने भन्दै स्वीकार गर्न मानेनन् । त्यसपछि काठमाण्डौ मैतीदेवी चौक स्थित भाडाको घरमा बस्दै आएका श्रीमती र छोरालाई अलपत्र छाडेर सविनले २०७७ मा झापा सुरुङगा घर भएकी ममता ओलीसँग घरपरिवारको उपस्थितीमा झयाँइझयाँई बाजा बजाएर वहुविवाह गरेका थिए ।

यता पन्ध्र वर्षपछि आफु र छोरालाई अलपत्र पारेर वहुविवाह गरेको थाहा पाएपछि श्रीमती सम्झनाले सविन र ममताविरुद्ध जिल्ला प्रहरी मोरङमा वहुविवाह कसुरमा किटानी जाहेरी दर्ता गराइन् । तर प्रहरीले सविन र ममतालाई पक्राउ नगरि अनुसन्धान सकाएर मुद्दा अदालतमा बुझायो । त्यसपछि अदालतमा सुटुक्क हाजिर भएर सविन डेढ लाख धरौटीमा पुर्पक्षका लागि छाडिए । सविनले अदालतमा आफुले वहुविवाह नगरेको र आफनी श्रीमतीलाई पनि नछाडेको झुटो बयान दिएका छन् । श्रीमती सम्झनाका अनुसार हाल उनी वहुविवाह गरेकी श्रीमती ममता ओलीसँग बस्दै आएका छन् ।

विहेपछि पटक पटक पति सविनसँग विराटनगर ससुराली घर आएकी सम्झनालाई सासु ससुराहरुले समेत आफुहरुकी बुहारी नभएको र कहिल्यै नदेखकोले चिन्दा पनि नचिन्ने कानुनी बयान दिएका छन् । तर उनीहरुले अस्वीकार गरेपनि बिहे दर्ता र छोराको जन्मदर्ता र सविनसँग विवाह गर्दाका फोटाहरु सम्झनासँग सुरक्षित छ ।
भाडाको घरमा काठमाण्डौ मैतीदेवी चौकमा बस्दै आएकी सम्झना वहुविवाह गरेर श्रीमानले छाडेपछि हाल धरान माइतीघरको शरणमा छोरासँगै बस्न थालेकी छन् । पन्ध्र वर्षसम्म साथ दिएको श्रीमानले धोका दिएर अलपत्र बनाएपछि आजकल सम्झनालाई जिविका चलाउन पनि धौधौ परेको छ । उनले ऋणपान गरेर आफु र छोराको जेनतेन जिविका धान्दै आएको बताइन् ।

सम्झनाका अनुसार पछिल्लो समय सविन धेरै दिन काठमाण्डौ डेरामा आएनन् । नियमित सम्पर्क गरिरहने र छोरालाई पनि असाध्यै माया गर्ने उनले फोन सम्पर्क पनि गरेनन् । पछि किन यस्तो भयो भनेर सोधखोज गर्दा श्रीमान सविनले श्रीमती र छोरा हुँदाहुदै परिवारकै सहयोगमा झयाँइझयाई वहुविवाह गरेर गायब भएको सम्झनाले थाहा पाइन । त्यसपछि उनी श्रीमान खोज्दै विराटनगर स्थित ससुराली पुगिन् । तर ससुरा शिवहरि गैरे लगायतले ‘ तिमी अछुत जातकी रहेछौ यसैले तिमिलाई कुलमा चलाउन सकिदैन बरु ८,१० लाख रुपैया दिन्छौ गरेर खाउँ यहाँ आएर दुख नदेउ ’ भन्दै हप्काएर पठाए । आफुले सविनसँग पन्ध्रवर्ष अघि विवाह गरेको , पटक पटक घर आइसकेको र १३ वर्षको छोरा समेत भैसकेको अनि विहे र जन्मदर्ताको प्रमाण सुरक्षित भएकोले कानुनी हक खोज्न बाध्य हुने सम्झनाले चेतावनी दिइन् । तर सासुससुरा आफन्तहरुले ‘हामी पहुँचवाला हौ तिमीले चाहेर पनि हामीलाई केही गर्न सक्दैनौ जे गर्नु छ गर तिमीलाई हामी चिन्दैनौ’ भन्दै धम्की दिएका थिए ।

कथित जातकै कारण वहुविवाह गरेर श्रीमानले आफु र छोरालाई अलपत्र बनाएको र अदालतले पनि धरौटीमा छाडिदिएकोले सम्झना झन बिलखबन्दमा परेकी छन् । उनले न्यायका लागि सबैसँग गुहार मागिरहेकी छन् । उनले रुँदै भनिन् ,‘ सबै प्रमाण हुँदाहुँदै पनि वहुविवाह गर्ने व्यक्ति धरौटीमा छाडिएछ , दलित भएकै कारण म र मेरो छोरा अलपत्र भयौ हामीलाई भगवानले पनि न्याय दिलाएनन् ।’,

सम्झनाका अनुसार पन्ध वर्ष अघि उनी काठमाण्डौमा व्युटीपार्लर व्यवसाय सञ्चालन गर्थिन् । जापान जान भनेर काठमाण्डौ आएका सविन र उनको भेटघाट प्रेम हुँदै २०६३ मा विवाहमा परिणत भएको थियो । विहेको एक वर्षपछि सविन जापान गएका थिए । जापानमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका उनले काठमाण्डौमा श्रीमती र छोरालाई डेरामा राखेर संरक्षण गर्दै आएका थिए । उनले जापानबाट श्रीमती सम्झनासँग नियमित सम्पर्क गरि पैसा पठाउने र समय समयमा आउजाउ पनि गर्ने गरेका थिए । बेलाबेला उनले जात ढाँटेर श्रीमती र छोरालाई विराटनगर स्थित घर पनि ल्याउने गरेका थिए । तर सधै डेरामा बस्न गाह्रो हुने बरु घरमै बसेर व्यापार—व्यवसाय पनि गर्न सकिने , छोराको हेरचाह र पढाई पनि राम्रो हुने भन्दै सम्झनाले आग्रह गर्दा सविनले घरमा ल्याएर सधैका लागि राख्न आलटाल गर्ने गरेका थिए । उनले चाँडै आमाबुबालाई सम्झाएर घरमा ल्याएर राख्ने आश्वासन दिन्थे । पछिल्लो समय कोरोना संक्रमण सुरु भएपछि लकडाउनले गर्दा नेपाल आएका सविनले गत वर्ष झापाकी ममता ओलीसँग श्रीमती र छोरा हुँदाहुँदै झयाँइझयाइई बाजा बजाएर विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank