प्रहरीमा दर्ता हुने कुल मुद्दाको ३१ प्रतिशत अपराध ‘लैङ्गिक हिंसा’

दलित अनलाईन ९ मंसिर २०८०, शनिबार ०८:१८

काठमाडौँ —  प्रहरीमा दर्ता हुने कुल अपराध मध्ये ३१ प्रतिशत अपराध ‘लैङ्गिक हिंसा’सँग सम्बन्धित हुने गरेका छन् । आर्थिक वर्ष २०७९–२०८० मा प्रहरीमा दर्ता भएका अपराधका घटनाहरु मध्ये ३१ प्रतिशत घटना  लैङ्गिक हिंसासँग सम्बन्धित रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित ‘लैङ्गिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’बारे गोष्ठी कार्यक्रममा एसपी रञ्जु सिग्देलले अधिकांश हिंसा चिनजानकाहरुबाटै हुने गरेको बताइन् । प्रहरीमा दर्ता भएका लैङ्गिक हिंसाका घटनामा ८८ प्रतिशत अभियुक्त चिनजानका नै रहेको पाइएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी कर्मचारी संलग्न हिंसाको नियमन गर्ने कार्यादेश सार्वजनिक गरेका छन् । कार्यादेश सार्वजनिक गर्दै आईजीपी कुँवरले सो कार्यादेशले सकलदर्जालाई महिला, बालबालिका र ज्येष्ठ नागरिक प्रति संवेदनशिल हुन मार्ग निर्देशन हुने बताए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले गरेको कार्यक्रममा स्वास्थ्य सेवा विभाग, महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र गृह मन्त्रालयका प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank